| |

सादेवामा एमाले विजयी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका २ सादेवामा नेकपा एमाले विजयी भएको छ । भर्खरै प्राप्त चुनावी परिणामअनुसार ३२८ मत प्राप्त गरी एमालेका वडाध्यक्ष उम्मेदवार पूर्णकुमार लिम्बू विजयी हुनुभएको हो ।
लिम्बूका निकतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार शेरबहादुर लिम्बूले २०७ मत मात्र प्राप्त गर्नुभएको थियो । सादेवामा पालिका अध्यक्ष पदमा एमालेका मानबहादुर राईले ३४५ मत र काँग्रेसका प्रदिप राईले १९३ मत प्राप्त गर्नुभएको छ । सादेवा अध्यक्षका प्रत्यासी राई द्वयको गृह वडा हो ।
यस्तै उपाध्यक्षतर्फ नेकपा (माओवादी केन्द्र) की कृष्णकुमारी कडरिया (बन्दना) लाई १९१ र स्वतन्त्रका जीवन ताम्लिङलाई २६९ मत खसेको छ । सादेवाबाहेक यसअघि मतगणना सम्पन्न भएको सिदिङ्वा ७ सुरुम्खिममा काँग्रेसका लक्षुमन तामाङ (३४५) र वडा १ कालिखोलामा एमालेका गोपाल बानियाँ (२२१) वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
यता सिदिङ्वामा तीनवटा वडाको मत गणना सम्पन्न हुँदा अध्यक्ष पदका उम्मेदवार मानबहादुर राईले ९२८ र प्रदिप राईले ६८८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्ष पदमा कृष्णकुमारी कडरियाले ७०५ र जीवन ताम्लिङले ६८१ मत प्राप्त गर्नुभएको छ । सादेवाको मत गणना सम्पन्न भएपछि वडा ३ आँखोपको गणना सुरु भएको सञ्चारकर्मी ओमेन्सा राईले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts