|

उम्मेदवारी दर्ता भएका मध्ये ताप्लेजुङमा १२ जना बिरुद्ध प¥यो दावी बिरोध

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख १४ । ताप्लेजुङमा स्थानीय तहको उम्मेदवारी दिएका ८ सय ७४ जनामध्ये १२ जना बिरुद्ध दावी बिरोधको सूचना परेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार फुङ्लिङ नगरपालिकामा,मैवाखोला गाउँपालिका,आठराइ त्रिबेणी गाउँपालिका,सिदिङ्वा गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाका मना मनोनयन पत्र दर्ता गराएका बिभिन्न पदका १२ जना बिरुद्ध दावी बिरोध परेको जानकारी दिएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालका अनुसार आठराइ त्रिबेणी गाउँपालिकामा अध्यक्ष पदका १ र सदस्य पदका १ गरी २ जना उम्मेदवार बिरुद्ध दावी बिरोध परेको छ ।

सिदिङ्वा गाउँपालिकामा उपाध्यक्ष पदका १ र महिला सदस्य पदका १ गरी २ जना,फुङ्लिङ नगरपालिकामा वडाध्यक्ष पदमा २ र सदस्य पदका २ गरी ४ जना,फक्ताङ्लुङमा दलित महिला सदस्य १ र अन्य सदस्य १ गरी २ जना र मैवाखोला गाउँपालिकाका वडाअध्यक्षका १ र वडा सदस्य पदमा १ गरी २ जना बिरुद्ध दावी बिरोध परेको छ । दावी बिरोध दर्ता भएका मुख्य निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतको कार्यालयले दावी बिरोध उपर छानबिन प्रकृया सुरु गरेको जनाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts