स्थानीय तह निर्वाचन ः ताप्लेजुङमा ३ सय ४२ पदका लागि ८ सय ७१ जनाको उम्मेदवारी दर्ता
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १३ । ताप्लेजुङका स्थानीय तहमा प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष सहित सय ४२ जना जनप्रतिनिधि चयन हुनुपर्ने ठाउँमा ८ सय ७१ जनाको उम्मेदवारी परेको छ ।
एक नगरपालिका र ८ गाउँपालिका रहेको ताप्लेजुङको फुङलिङ नगरपालिकामा ६ जनाले प्रमुख र ७ जनाले उपप्रमुख पदमा उम्मेदवारी दर्ता गरेका छन् । ११ वटा वडाको वडाध्यक्षका लागि ४१ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिनुभयो । फुङलिङ नगरपालिकामा ६९ जनाले खुल्ला सदस्यमा,३२ जनाले महिला सदस्यमा र २७ जनाले दलित सदस्यमा उम्मेदवारी दिएका छन् । ६० सदस्यीय नगरसभाका लागि १ सय ८२ जनाको उम्मेदवारी परेको छ ।
आठराइ त्रिबेणी गाउँपालिकामा ४ जनाले अध्यक्षमा र २ जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । ५ वडाध्यक्षका लागि १५ जनाको उम्मेदवारी परेको छ । त्यहाँ २२ जनाले खुल्ला सदस्यमा,९ जनाले महिला सदस्यमा र १० जनाले दलित महिला सदस्यमा उम्मेदवारी दिएका छन् । यसो गर्दा २९ सदस्यीय गाउँसभाका लागि ६२ जनाको उम्मेदवारी परेको देखिएको छ । ७ वटा वडा रहेको फक्ताङ्लुङ गाउँपालिकाको अध्यक्षमा ३,उपाध्यक्षमा ४ जना र वडाध्यक्षमा २३ ले उम्मेदवारी दिएका छन् । ३७ जनाले खुल्ला सदस्यमा उम्मेदवारी दिँदा १७ जनाले महिला सदस्यमा र १३ जनाले दलित महिला सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । ३९ सदस्यीय गाउँसभामा ९७ जनाको उम्मेदवारी परेको छ ।
५ वटा वडा रहेको मिक्वाखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा समान ५–५,वडाध्यक्षमा १५,खुल्ला सदस्यमा २४,महिला सदस्यमा १३ र दलित महिला सदस्यमा ९ जना गरी २९ सदस्यीय गाउँसभामा ७१ जना प्रतिश्पर्धी देखिएका छन् ।
६ वडा वडा रहेको मेरिङ्देनमा समान ४–४ जनाले अध्यक्ष र उपाध्यक्षमा,१४ जनाले वडाध्यक्षमा,२८ जनाले खुल्ला सदस्यमा,१४ जनाले महिला सदस्यमा र १३ जनाले दलित महिला सदस्यमा गरी ३४ जनाको गाउँसभामा ७७ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
६ वटा वडा र ३४ जनाकै गाउँसभा रहेको मैवाखोला गाउँपालिकामा अध्यक्षमा ३,उपाध्यक्षमा २,वडाध्यक्ष १६,खुुल्ला सदस्य २६,महिला सदस्य १३ र दलित महिला सदस्य १२ जना गरी ७२ जनाको उम्मेदवारी परेको छ ।
६ वटा वडा र ३४ जनाकै गाउँसभा रहेको पाथीभरा याङ्वरक गाउँपालिकामा २ जनाले अध्यक्षमा,४ जनाले उपाध्यक्षमा,१९ जनाले वडाध्यक्षमा,३२ जनाले खुल्ला सदस्यमा,१९ जनाले महिला सदस्यमा र १३ जनाले दलित महिला सदस्यमा गरी कूल ८९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
७ वटा वडा रहेको सिदिङ्वा गाउँपालिकामा २ जनाले अध्यक्षमा,७ जनाले उपाध्यक्षमा,२६ जनाले वडाध्यक्षमा,४४ जनाले खुल्ला सदस्यमा,१५ जनाले महिला सदस्यमा र १६ जनाले दलित महिला सदस्य गरी कूल ३९ सदस्यीय गाउँसभाका लागि १ सय १० जनाको उम्मेदवारी परेको छ ।
८ वडा वडा र ४४ सदस्यीय गाउँसभा रहेको सिरिजङ्गा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा समान ३–३ जना,वडाध्यक्षमा २२ जना,खुल्ला सदस्यमा ४५ जना,महिला सदस्यमा २२ जना र दलित महिला सदस्यमा १६ जनाले उम्मेदवारी दिएका छन् । सिरिजङ्गामा कूल १ सय ११ जनाको उम्मेदवारी परेको छ ।