| |

ताप्लेजुङमा माओवादीले आफ्ना उम्मेदवार टुङ्गो लगायो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ११ ।
आउँदो बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले आफ्ना उम्मेदवारहरु छनोट गरेको छ । सत्ता साझेदार दलबीच चुनावी तालमेल गर्ने सहमतिअनुसार माओवादी केन्द्रले आफ्नो भागमा परेको पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुमा उम्मेदवार छनोट गरेको हो ।
गठबन्धनबीचको सहमतिअनुसार माओवादीले मैवाखोला गाउँपालिका अध्यक्षमा विजयप्रकाश वनेम र फक्ताङ्लुङ गाउँपालिका अध्यक्षमा राजन लिम्बू (मुक्ति) लाई चयन गरेको छ । यस्तै फुङ्लिङ नगरपालिका उपप्रमुखमा बमबहादुर भट्टराई (तारा), सिरिजङघा गाउँपालिका उपाध्यक्षमा चित्र माबो, आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्षमा प्रजिन हाङ्बाङ, पाथीभरा याङ्वरक गाउँपालिका उपाध्यक्षमा कुमार लिम्बू मेन्याङ्बोलाई उम्मेदवार बनाउने भएको छ ।
त्यस्तै मिक्वाखोला गाउँपालिका उपाध्यक्षमा डण्डु लामा शेर्पा र मेरिङ्देन गाउँपालिका उपाध्यक्षमा दावाछिरिङ शेर्पा (विशालु) लाई उम्मेदवार बनाउने माओवादीले निर्णय गरेको छ । उता सिदिङ्वा गाउँपालिका उपाध्यक्षका लागि भने अझै टुङ्गिन बाँकी रहेको माओवादी केन्द्र ताप्लेजुङका संयोजक विष्णुकुमार हाङ्बाङले जानकारी दिनुभयो । सिदिङ्वामा वर्तमान उपाध्यक्ष जीवनकुमार ताम्लिङ र कृष्णकुमारी कडरिया (बन्दना) मध्ये एकजनालाई आधिकारिक उम्मेदवार चयन गरिने माओवादीले जनाएको छ ।
यसैगरी वडाध्यक्षमा आफ्नो भागमा परेअनुसार फुङ्लिङ नगरपालिका वडा नं. ५ मा सोजित श्रेष्ठ, वडा नं. १० मा सन्तोष लिम्बू र वडा नं. ११ मा युवराज भट्टराई (योगेश) उम्मेदवार बन्नुहुने भएको छ । आठराई त्रिबेणी गाउँपालिका वडा नं. ५ मा लक्ष्मण राई (ललित), मैवाखोला गाउँपालिका वडा नं. १ मा चन्द्रकुमार तामाङ, वडा नं. ५ मा केशरकुमार लिम्बू, मेरिङ्देन गाउँपालिका वडा नं. ३ मा सुजन लिम्बू, सिरिजङघा गाउँपालिका वडा नं. ३ मा टीका दाहाल र वडा नं. ४ मा रुपदास भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
त्यस्तै सिदिङ्वा गाउँपालिका वडा नं. ४ मा मदन बराल, मिक्वाखोला गाउँपालिका वडा नं. ५ मा ग्यान्जे शेर्पा, फक्ताङ्लुङ गाउँपालिका वडा नं. १ मा यज्ञ लिम्बू, वडा नं. २ मा भूपेन्द्र चौलागाईं र पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. २ मा सूर्यबहादुर खड्का तथा वडा नं. ५ मा भीमकुमार तामाङलाई माओवादीले वडाध्यक्षको उम्मेदवार चयन गरेको छ ।
यता पार्टीको केन्द्रीय कार्यालयबाट आएको परिपत्र तथा निर्देशनअनुसार ताप्लेजुङमा आफ्ना उम्मेदवारहरु सबैले सोमबार एकैदिन आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको पनि जिल्ला संयोजक हाङ्बाङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts