|

गठबन्धनको असर ः काँग्रेसका पूर्व जिल्ला उपसभापति,पालिका सभापति सहित स्थानीय माओवादी नेता एमाले प्रवेश

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख १० । ताप्लेजुङका स्थानीय तहमा सत्तारुढ गठबन्धनले गरेको पदीय भागबण्डा पछि भड्किएको राजनीतिक माहोलले पार्टी परिवर्तन र पार्टी त्याग सम्मको अवस्था ल्याएको छ ।

यहिँ कारण देखाउँदै नेपाली काँग्रेस ताप्लेजुङका पूर्व जिल्ला उपसभापति, फक्तालुङ गाउँपालिका कार्य समिति अध्यक्ष र माओवादी केन्द्रका स्थानीय नेताको अगुवाइमा तीनैपार्टीका स्थानीय कार्यकर्ता नेकपा एमाले प्रवेश गर्नु भएको छ । नेकपा एमाले ताप्लेजुङका सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले बिभिन्न पार्टी परित्याग गरी शनिवार करिव ५ सय जना एमाले प्रवेश गरेको दावी गर्नु भएको छ । तर संख्या बारे भने एमाले नेताहरुकै फरकफरक तथ्यांक छ । उहाँका अनुसार काँग्रेस ताप्लेजुङका पूर्व जिल्ला उपसभापति तथा इखाबु गाविसका तत्कालिन अध्यक्ष÷प्रधानपञ्च मणिप्रसाद लाबुङ,नेपाली काँग्रेस फक्ताङ्लुङ गाउँ कार्य समिति सभापति भद्रकुमार बोखिम,माओवादी केन्द्रका नेता निमा नावा शेर्पा सहित करिव ५ सय कार्यकर्ता एमाले प्रवेश गर्नु भएको छ ।

काँग्रेसका पुराना कार्यकर्ता लाबुङ २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट फक्ताङ्लुङ गाउँपालिकाको अध्यक्षका प्रत्यासी हुनुहुन्थ्यो । बोखिमलाई आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसले गाउँपालिका अध्यक्षका लागि एकल उम्मेदवार सिफारिस गरेको थियो । तर सत्तारुढ गठबन्धनले पदीय भागबण्डा गर्दा फक्ताङ्लुङ गाउँपालिका माओवादी केन्द्रको भागमा परेपछि लाबुङ र बोखिम सहितका काँग्रेस कार्यकर्ता भड्किनु भएको थियो । लाबुङ र बोखिम दुबै जना क्रमशःतत्कालिन इखाबु र खेजेनिम गाउँ पञ्चायत,गाउँ विकास समितिमा लामो समय सम्म प्रधानपञ्च,गाविस अध्यक्ष समेत हुनु भएको थियो । शनिवार एमाले सचिव भट्टराई,पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो,जिल्ला अध्यक्ष भूपेन्द्र थेबे,प्रदेश कमिटीका सदस्यहरु,जिल्ला कमिटीका पदाधिकारीहरु,संबिधानसभा सदस्यहरु सहितका नेताहरुले पार्टी प्रवेश गर्नेहरुलाइ स्वागत गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts