ताप्लेजुङमा कार्यरत ३ प्रहरी निरीक्षकको सरुवा,मिरिङचिङ,कार्की र ओझा आउँदै

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत २५ । ताप्लेजुङमा कार्यरत तीनजना प्रहरी निरीक्षक(इन्सपेक्टर)को एकसाथ सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत दुई र इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत एकजना प्रहरी निरीक्षकको सरुवा भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत कैलाशकुमार अधिकारीको जिल्ला प्रहरी कार्यालय झापाको अपराध अनुसन्धान शाखामा सरुवा भएको छ । अधिकारीको ठाउँमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानबाट दानबहादुर मिरिङचिङ आउनु हुने छ । यस्तै जिप्रकामै कार्यरत राकेश यादवको जिल्ला प्रहरी कार्यालय सर्लाही सरुवा भएको छ । उहाँको ठाउँमा प्रहरी प्रधान कार्यालयबाट कुशराम कार्की आउनु हुने छ । यसैगरी इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक रामकुमार महतोको काठमाडौस्थित महानगरीय प्रहरी सर्बोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ रामशाहपथमा भएको छ । उहाँको ठाउँमा इलाका प्रहरी कार्यालय सिराहा मिर्चैयाबाट अवोधकिशोर ओझा आउनु हुने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts