|

माओवादीबाट निर्वाचित वडाध्यक्ष नै एमाले प्रवेश

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत १६ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाको वडाध्यक्षमा निर्वाचित सन्तोष आङ्बुहाङ एमाले प्रवेश गर्नु भएको छ । माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य समेत रहनु भएका आठराइ त्रिबेणी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष आङ्वुहाङ एमाले प्रवेश गरेको एमाले ताप्लेजुङ जिल्ला कमिटी उपसचिव दीपेन पोमूले जानकारी दिनुभयो ।

उहाँसहित अर्का जिल्ला सचिवालय सदस्य सूर्य आङ्वुहाङ सहित दर्जनौं एमाले प्रवेश गरेको पोमूले जानकारी दिनुभयो । एमाले पोलिटब्युरो सदस्य तथा पूर्व सांसद तिलकुमार मेन्याङ्वो सहितका नेताहरुले पार्टीमा स्वागत गरेको एमाले ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts