| |

प्रभावकारी शिक्षण सिकाईका लागि रिड नेपालको अगुवाइमा ताप्लेजुङमा बन्यो शैक्षिक योजना

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १४ । ताप्लेजुङमा स्रोत नेतृत्व समूह संयन्त्र(आरएलटी)मार्फत शैक्षिक योजना बनाइएको छ ।

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालको संयोजन र कार्यक्षेत्र भित्रका बिद्यालयहरुको सहभागितामा यस्तो योजना बनाइएको रिड नेपालका शिक्षा विकास अधिकृत रोमा मावो लिम्बूले जानकारी दिनुभयो । रिड नेपालले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका इखाबु,लेलेप,तापेथोक र ओलाङ्चुङगोला तथा सिरिजङ्गाका याम्फुदिन,खेवाङ र मामाङ्खेलाइ कार्यक्षेत्र बनाएको छ । त्यहाँ रहेका बिद्यालयका प्रधानाध्यापक,स्रोत शिक्षक र ‘कि’ शिक्षकको सहभागितामा शैक्षिक सुधारका योजना बनाउने,शैक्षिणिक सामग्रीको पहुँच बृद्धि गर्ने र प्रभावकारी शिक्षण सिकाइ व्यवस्थापन गर्ने सहितलाइ आधार बनाएर शैक्षिक योजना निर्माण भएको रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्तले जानकारी दिनुभयो । योजनामा बिद्यालयको शैक्षिक तथा भौतिक सुधारका बिषयहरु समेत समेटिएको रिड नेपालले जनाएको छ । परियोजना निश्चित समयसम्म सञ्चालन हुने र त्यसपछिको सामाजिक दायित्व कार्य सञ्चालन भएको क्षेत्रका सरोकारवालाकै हुने भएकोले त्यो अवस्थामा समेत आरएलटी नेटवर्कलाइ प्रभावकारी रुपले सञ्चालित हुने वातावरणका लागि योजना तयार भएको समेत पन्तले बताउनुभयो ।

योजनामा नयाँ शैक्षिकसत्र संगै कक्षाकोठामा शिक्षण सामग्री र बालबालिकामा प्रभावकारी शिक्षण सिकाइको पहुँच स्थापित गर्ने बिधि र प्रकृया समेत उल्लेख गरिएको छ । तयार भएको योजनालाइ एकसाथ कार्यान्वयनमा लैजाने रिड नेपालको तयारी छ । तयार भएको शैक्षिक योजना समय र परिस्थति अनुसार शंसोधन र थप प्रभावकारी बनाउन आवश्यकता अनुसार आरएलटी नेटवर्कको कार्यशाला आयोजना गरिन्छ । शिक्षा क्षेत्रमा ‘अब त क केहि गरौं’भन्ने नारा सहित सम्वन्धित सरोकारवालाकै सहभागितामा बनेको संयन्त्रमार्फत उनीहरुकै लागि शैक्षिक योजना बनेकोले यसको सफल कार्यान्वयनले बिशेष अर्थ राख्ने र उल्लेख्य नतिजा दिने रिड नेपालको बिश्वास रहेको छ । रिडले शैक्षिक गुणस्तर बृद्धिका लागि एक शैक्षिसत्रको कार्य सम्पादनको आधारमा याम्फुदिनस्थित कञ्चनजंघा माविमा कार्यरत शिक्षक ज्ञानुकुमारी राईलाई प्रशंसापत्र समेत बितरण गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts