पाथीभरा क्षेत्र विकास समितिको अध्यक्षमा रक्की थेबे नियुक्त

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत ६ । रिक्त पाथीभरा क्षेत्र विकास समितिको अध्यक्षमा सरकारले रक्की थेबेलाइ नियुक्त गरेको छ ।

नेपाल कम्युष्टि पार्टी एकिकृत समाजवादी ताप्लेजुङ जिल्ला कमिटीका उपसचिव थेबेलाइ सरकारले ४ बर्षका लागि नियुक्त गरेको हो । पुष्पबहादुर बरुवालको निधन पछि पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष पद रिक्त थियो । कोरोना संक्रमण कारण गत जेठ २४ गते अमेरिकाको न्युर्योकमा बरुवालको निधन भएपछि पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष नियुक्ति भएको थिएन । त्यसयता केपी ओली नेतृत्वको सरकारको बर्हिगमन र शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेकपा एसका नेता प्रेम आले पर्यटनमन्त्री रहनु भएको छ । उहाँकै प्रस्तावमा थेबे पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बन्न सफल भएको बताइन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts