| |

ताप्लेजुङको दुवै प्रदेश निर्वाचन क्षेत्रमा लिम्बुवानको नयाँ नेतृत्व चयन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ३० ।
ताप्लेजुङको दुईवटै प्रदेश निर्वाचन क्षेत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चअन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालको नयाँ नेतृत्व चयन भएको छ । लिम्बुवानले शनिबार र आइतबार अधिवेशन सम्पन्न गर्दै प्रदेश निर्वाचन क्षेत्रस्तरीय कार्यसमिति चयन गरेको हो ।
जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा शनिबार पदम चेन्जी माबो अध्यक्ष रहेको कार्यसमिति र प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा आइतबार रुपा चोङ्बाङ अध्यक्ष रहेको कार्यसमिति चयन गरिएको छ । प्रदेश ‘क’ कार्यसमिति उपाध्यक्षमा भीष्म खुदाङ र शुक्र सेनेहाङ, सचिवमा रन्जित लिम्बू, सहसचिवमा लोकेन्द्र ताम्लिङ र अर्थसचिवमा विशाल राई चयन हुनुभएको छ ।
यस्तै प्रदेश ‘ख’ को कार्यसमिचि उपाध्यक्षमा राजेन्द्र लिम्बू, मानबहादुर साँवा, करुणा लिम्बू, ज्ञानेन्द्र लिम्बू र उमेश वनेम, सचिवमा छत्र आङ्बुहाङ, सुवास हाङगाम, मनिकुमार थलङ र उमेश वनेम, अर्थसचिवमा विशाल श्रेङ चोङबाङ र सह अर्थसचिवमा आदिप तबेवुङ चयन हुनुभएको छ । दुवै प्रदेशस्तरीय कार्यसमिचि सर्वसम्मत चयन भएको लिम्बुवान प्रान्तीय मञ्चले जनाएको छ ।
यता दुवै क्षेत्रको अधिवेशन मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक) को प्रमुख आतिथ्यतामा सम्पन्न भएका हुन् । कार्यक्रममा केन्द्रीय उपाध्यक्षहरु ज्ञानुहाङ इम्बुङ, विष्णुमाया तुम्बाहाम्फे, विष्णु यक्सो, विष्णुमाया थापा लगायतका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति रहेको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts