ताप्लेजुङ अस्पतालमा थुनिएको भालुलाइ बेहोस बनाएर वन कार्यालय पु¥याइयो,होसमा आएपछि थप निर्णय हुने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन २२ । ताप्लेजुङ जिल्ला अस्पतालको प्रसुति कक्षमा नियन्त्रणमा राखिएको भालुलाइ बेहोस बनाएर डिभिजन वन कार्यालयमा लगिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्र्तगत जैविक बिबिधता संरक्षण केन्द्रका वन्यजन्तु भेटनरी प्राविधिक किरणराज रिजालको नेतेत्वमा आएको टोलीले भालुलाइ लठ्याएर बक्सामार्फत अस्पतालबाट डिभिवन वन कार्यालय परिसर पु¥याइएको हो । रिजालका अनुसार यसलाइ हिमालयन् कालो भालु भनिन्छ । ३ प्रकारका औषधि मिश्रण गरी भालुलाइ बेहोस बनाएर अस्पताल परिसरबाट डिभिजन वन कार्यालय लैजान सफल भएको रिजालले बताउनुभयो ।

उहाँका अनुसार बयस्क यो भालु करिव ७० किलोग्राम तौल र ५ फिट लम्बाइको रहेको छ । बेहोस अवस्थामा रहेको भालु पुन साविककै प्रकृयामा फर्कन करिव १ घण्टा समय लाग्ने भएको र त्यसपछि उसको व्यवहार र प्रस्तुतिका आधारमा थप निर्णय लिने राष्ट्रिय प्रकृति संरक्षण कोष अन्र्तगत जैविक बिबिधता संरक्षण केन्द्र चितवनबाट आएको टोलीले जनाएको छ ।

गत बिहीबार बेलुकी अचानक अस्पताल परिसर प्रवेश गरेको भालुलाइ अस्पतालका कर्मचारी र प्रहरी मिलेर प्रसुति कक्षको खाली कोठामा थुन्न सफल भएका थिए । डिभिजन वन कार्यालय ताप्लेजुङ र मातहतका सवडिभिजन कार्यालयमा वन्यजन्तु बिशेषज्ञ नभएको अवस्थामा चिवनबाट प्राविधिक झिकाइ भालुलाइ सुरक्षित ढंगले बासस्थानमा फर्काउने प्रयास सुरु गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts