| |

एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा थापा चयन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २१ ।
नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन ताप्लेजुङको ११ जिल्ला अधिवेशनले दुर्गाप्रसाद थापालाई अध्यक्षमा चयन गरेको छ । शनिबार सदरमुकाम फुङ्लिङमा सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संगठनको कार्यसमिति उपाध्यक्ष द्वयमा रञ्जना तामाङ र भानुभक्त श्रेष्ठ, सचिवमा दीपक भट्टराई, सहसचिवमा ललितकुमार नाल्बो र कोषाध्यक्षमा रमेश गुरागाईं चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा प्रशान्त खतिवडा, अनिता बयलकोटी, सुमन खालिङ, मनकुमारी कार्की, सीता योगी, पवन भट्टराई, शङ्खर राउत, सचिन रेग्मी र विशाल सिग्देल रहनुभएको छ ।
केन्द्रीय प्रतिनिधिमा विजय गोठाले गौतम, लक्ष्मीमाया वनेम, विपीन दुलाल र कमला गौतम, प्रदेश प्रतिनिधिमा लोकेन्द्र बुढाथोकी र निकेश भट्टराई चयन हुनुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts