|

ग्याल्पो ल्होसारमा सरकारले दियो सार्वजनिक बिदा

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, फागुन १८ । शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईका अनुसार फागुन १६ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । भट्टराईले बुधबार एक सूचना जारी गर्दै ग्याल्पो ल्होसारको सार्वजनिक विदाबारे जानकारी गराउनुभएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts