|

प्रगतिशील लेखक संघ ताप्लेजुङको अध्यक्षमा भट्टराई

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन १७ । प्रगतिशील लेखक संघ(प्रलेस)ताप्लेजुङको दोस्रो जिल्ला अधिबेशनले कमलप्रसाद भट्टराई अध्यक्ष रहेको ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा उदय भट्टराई,सचिवमा प्रजीन हाङ्वाङ,सहसचिवमा झरेन्द्र तिवारी र कोषाध्यक्षमा टीकादेवी यक्सोलाइ चयन गरेको निर्वाचन मण्डका संयोजक राजमणि प्याकुरेलले जानकारी दिनुभयो । समितिमा उपेन्द्र यक्सो,हिमा बिक,जीवन कालिकोटे र यसोदा तामाङ सदस्य रहनु भएको छ । प्रगतिशिल लेखक संघलाइ माक्र्सवादी साहित्य र क्रान्तिकारी बिचार सहित प्रगतिवादी धारमा कलम चलाउने स्रष्टाहरुको संगठनको रुपमा चिन्ने गरिन्छ । प्रलेस केन्द्रमा २०५२ सालमा स्थापना भएपनि ताप्लेजुङमा भने २०७३ सालमा स्थापना भएको थियो । २०७३ साल माघ १६ गते आलोक लिम्बूको संयोजकत्वमा जिल्ला अधिबेशन आयोजक समिति गठन भइ पछि २०७३ साल चैत १५ गते भएको जिल्ला अधिबेशनले अम्बिका हाङ्वाङको अध्यक्षतामा जिल्ला समिति बनेको थियो ।

प्रलेसका प्रदेश नं १ का सचिवालय सदस्य तथा प्रलेस उदयपुरका अध्यक्ष माधव पोखरेल ‘गोज्याङ्ग्रे’को प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रलेसका प्रदेश १ का सदस्य प्रिसा बस्नेत,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,प्रगतिशिल लेखक तथा कानुन व्यवसायी ठाकुरसिंह लिम्बू लगायतको उपस्थिति रहेको थियो । बन्दसत्रमा अध्यक्ष हाङ्वाङद्धारा प्रस्तुत प्रगति प्रतिबेदन सुझाव सहित पारित भएको प्रलेसले जनाएको छ । कोरोना संक्रमण सहित घटनाले कार्ययोजना अनुसारका कार्यक्रम सम्पन्न गर्न ब्यवधान सृजना गरेपनि यो कार्यकालभर औसत गतिविधि भने सञ्चालन भएको निवर्तनमा अध्यक्ष हाङ्वाङले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts