| |

बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १५ ।
ताप्लेजुङ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गर्नुभएको छ । संघको १६ औं साधारणसभाबाट सर्वसम्मत निर्वाचित अध्यक्षसहितका पदाधिकारी र सदस्यहरुले आइतबार पदभार ग्रहण गर्नुभएको हो ।
अध्यक्षमा निर्वाचित नारायण थापालाई संघका निवर्तमान अध्यक्ष तथा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तारानाथ घिमिरेले पदहस्तान्तरण गर्नुभयो । घिमिरेले पदहस्तान्तरण गर्दै नव निर्वाचित अध्यक्षसहितका पदाधिकारी तथा सदस्यहरुलाई पदभार ग्रहण गराउनुभयो । संघको अध्यक्षमा थापा चयन हुनुभएको छ भने प्रथम उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सोजित श्रेष्ठ र तृतीय उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल चयन हुनुभएको छ ।
यस्तै महासचिवमा कमल लिम्बू, सचिवमा खेमराज केसी र कोषाध्यक्षमा विकास गौतम चयन हुनुभएको छ । सदस्यहरुमा दावा शेर्पा, दिनेश खवास, रुपक घिमिरे, तेजबहादुर भट्टराई, दुर्गाबहादुर पालुङ्वा हुनुहुन्छ । त्यस्तै हिमाञ्चल तिम्सिना, भद्रबीर रेग्मी, विशाल गुरुङ, पुण्यप्रसाद आचार्य, लोचन भण्डारी, विकास हाङ्गाम, युवराज महतारा, मीना बराल र गायत्री भण्डारी सदस्यमा चयन हुनुभएको छ ।
पदभारसँगै आइतबार बसेको नयाँ कार्यसमिति बैठकले सदस्यमा निर्वाचित दावा शेर्पालाई पदोन्नति गरी वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिइएको संघले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts