कोशी | मुख्य समाचार | समाचार
किराँत याक्थुङ चुम्लुङ फुङ्लिङ नगर अध्यक्षमा मादेन

–उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १४ । किराँत याक्थुङ चुम्लुङको फुङ्लिङ नगर अध्यक्षमा सुरोज मादेन चयन हुनुभएको छ । शुक्रबार सम्पन्न कियाचु फुङ्लिङ नगरपालिकाको दोस्रो नगर अधिवेशनबाट मादेनको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।
नगर कार्यसमितिको उपाध्यक्षहरुमा उत्सव साँबा, बज्रबहादुर लिम्बू र चोलुङ सेनेहाङ, सचिवमा सुमनसानु कुरुम्बाङ, सहसचिव राजकुमार पालुङ्वा र कोषाध्यक्षमा अशोक चेम्जोङ चयन हुनुभएको छ । नगर कार्यसमिति २१ सदस्यीय रहेको छ । यता अधिवेशन कियाचु जिल्ला सचिव इन्दिरा मेन्याङ्बो लगायतको उपस्थितिमा सम्पन्न भएको बताइएको छ ।