|

ताप्लेजुङ उद्योग बाणिज्य संघमा अध्यक्ष बाहेक सबै पद निर्वीरोध,औपचारिक घोषणा हुन बाँकी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १२ । ताप्लेजुङ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको मनोनयनमा अध्यक्ष बाहेक सबै पद निर्विरोध भएको छ । यद्यपी निर्वाचन समितिले औपचारिक रुपमा घोषणा भने गरेको छैन ।

अध्यक्षमा नारायण थापा र ज्ञानप्रसाद मिश्रको उम्मेदवारी परेको छ । प्रथम उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ,द्धितिय उपाध्यक्षमा सोजित श्रेष्ठ,तृतिय उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल,महासचिवमा कमल लिम्बू,सचिवमा खेमराज केसी र कोषाध्यक्षमा विकास गौतमको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक बलराम भट्टराईले जानकारी दिनुभयो । १४ जना सदस्य कोटामा दावा शेर्पा,दिनेश खवास,रुपक घिमिरे,तेजबहादुर भट्टराई,दुर्गाबहादुर पालुङ्वा,हिमाञ्चल तिम्सिना,भद्रवीर रेग्मी,बिशाल गुरुङ,पुण्यप्रसाद आचार्य,लोचन भण्डारी,विकास हाङ्गाम,युवराज महतारा,मिना बराल र गायत्री भण्डारीको गरी १४ जनाकै उम्मेदवारी परेको समेत निर्वाचन समितिले जनाएको छ ।

निर्वाचत सदस्य भित्रबाट अध्यक्षले कार्य समितिको परार्मशमा बरिष्ठ उपाध्यक्ष मनोनित गर्ने प्रावधान रहेको छ । अध्यक्ष पदमा मात्र दोहोरी उम्मेदवारी परेपछि उम्मेदवारी फिर्ता लगायतको निर्वाचन कार्यक्रम बाँकी रहेकोले सहमतिको प्रयास भइरहेको बताइन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts