मन्त्री हाङगामद्धारा लोकल मदिरालाइ‘बेण्ड होइन,ब्राण्ड’बनाउने बहस पुर्नजागृत

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ७ । प्रदेश १ सरकारका उद्योग,श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले लोकल मदिरालाइ‘बेण्ड होइन,ब्राण्ड’बनाउने भनाइलाइ फेरी बहसमा ल्याउनु भएको छ ।
यसअघि प्रदेश १ सरकारका तत्कालिन सामाजिक विकास मन्त्री उषाकला राईले स्थानीय मदिरालाइ ब्राण्ड बनाउने भन्दै यसका लागि अध्ययन कार्यदल समेत बनाउनु भएको थियो । प्रदेश सरकारको मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला ताप्लेजुङ आइपुग्नु भएका हाङ्गामले शनिवार पत्रकार भेटघाट कार्यक्रममा भन्नुभयो‘लोकल रक्सीलाइ ब्राण्ड बनाएर स्थानीय बस्तुको उपभोग र उपयोगितामा बृद्धि गर्नु अनिवार्य छ’। स्थानीय कच्चा पदार्थको प्रयोग गरी बनाइएको मदिरालाइ ब्राण्ड बनाएर उत्पादन र आम्दानीमा बृद्धि गर्न सके यसले आर्थिक उर्पाजन गरी आत्मनिर्भर बनाउने दावी समेत उहाँले गर्नुभयो । तर यसको समग्र व्यवस्थापन र नियमनका लागि भने संयन्त्र बनाइनुपर्नेमा उहाँले जोड दिनुभयो । आफुले सम्हालेको मन्त्रालय नयाँ रहेको बताउँदै मन्त्री हाङ्गामले साना उद्योगको प्रवद्र्धन र स्थानीय कच्चा पदार्थको प्रयोग गरी आफैं आत्मर्निभर बन्न सकिनेगरिका योजनामा उद्यमीलाइ सीपयुक्त बनाउन आफु लागि पर्ने बताउनुभयो ।
प्रदेश १ मा सम्भावना बोकेको उद्यमध्ये अलैंची खेति प्रवद्र्धन,यसको उचित प्रशोधन गरी स्थानीय स्तरमै मसला बनाउने र यसका रेसाहरुको प्रयोगबाट बनाइने बिभिन्न सामग्रीको उत्पादन तथा बजारीकरण,बाँस,बेत र चोयामार्फत बनाइने बिभिन्न सामग्रीको उत्पादन र बजारीकरणमा आफ्नो ध्यान केन्द्रित हुने हाङ्गामले बताउनुभयो । साना उद्यमी बनाउने र उनीहरुलाइ व्यवसायिक बनाएर आत्मनिर्भर बनाउने अभियानमा आफुले योजना केन्द्रित गर्ने उहाँको भनाइ थियो । सीप हासिल गरेका र सीप हस्तान्तरण गर्ने दुबै पक्षको पलायनता रोकी उनीहरुलाइ व्यवसायिक बनाउने अभियानको थालनी आफ्नै पहलबाट सुरु हुने उहाँले दावी गर्नुभयो । मन्त्री हाङ्गामले यहाँका बस्तुगत आवश्यकता र उद्यम सृजनाका क्षेत्रहरुको पहिचानमा उचित परार्मश दिन यहाँका सञ्चारकर्मीहरुसंग आग्रह समेत गर्नु भएको छ ।