ताप्लेजुङका कुन स्थानीय तहमा कति मतदाता थपिए

अरुलाई पनि शेयर गरौ !

खगेन्द अधिकारी
ताप्लेजुङ,फागुन ४ । २०७४ सालको स्थानीय तहको निर्वाचनको तुलनामा अहिले २० हजार बढी मतदाता बढेको ताप्लेजुङका सबै स्थानीय तहमा मतदाता थपिएका छन् ।

आठराइ त्रिबेणी गाउँपालिकाको अहिलेको मतदाता संख्या ९ हजार ८ सय ४५ रहेको छ । २०७४ सालमा त्यहाँ ७ हजार ८ सय ९५ मतदाता रहेका थिए । त्यहाँ १ हजार ९ सय ५० मतदाता थपिएका छन् । यस्तै २०७४ सालमा ६ हजार ८ सय ९५ मतदाता रहेको फक्ताङ्लुङ गाउँपालिकामा अहिलेको मतदाता संख्या ९ हजार ७ रहेको छ । त्यहाँ २ हजार १ सय १२ जना मतदाता थपिएका छन् । फुङ्लिङ नगरपालिकाको अहिलेको मतदाता संख्या १७ हजार ३ सय ४७ रहेको छ । २०७४ सालमा १३ हजार १ सय ८५ मतदाता रहेको फुनपामा ४ हजार १ सय ६२ मतदाता थपिएका छन् । यस्तै मिक्वाखोला गाउँपालिकामा अहिले ७ हजार १४ जना मतदाता छन् । २०७४ सालमा ४ हजार ९ सय ६४ मतदाता रहेकोमा त्यहाँ अहिले २ हजार ५० जना मतदाता थपिएका छन् ।

मैवाखोला गाउँपालिकाको अहिलेको मतदाता संख्या ७ हजार ९ सय ३० रहेको छ । २०७४ सालमा त्यहाँ ६ हजार ९० जना मतदाता रहेकोमा अहिले १ हजार ८ सय ४० जना मतदाता थपिएका छन् । अहिले ८ हजार ७ सय ६८ मतदाता रहेको मेरिङ्देन गाउँपालिकामा २०७४ सालमा ६ हजार ७ सय ५१ मतदाता रहेका थिए । त्यहाँ अहिले २ हजार १७ मतदाता थपिएका छन् । २०७४ सालमा ७ हजार ८ सय ८४ मतदाता रहेको पाथीभरा याङ्वरक गाउँपालिकामा अहिलेको मतदाता संख्या १० हजार ८६ पुगेको छ । त्यहाँ २ हजार २ सय २ जना मतदाता थपिएका छन् ।

२०७४ सालमा ७ हजार ३ सय ८८ मतदाता रहेको सिदिङ्वा गाउँपालिकामा अहिले ९ हजार ६१ जना मतदाता छन् । त्यहाँ १ हजार ६ सय ७३ जना मतदाता थपिएका छन् । सिरिजङ्गा गाउँपालिकाको अहिलेको मतदाता संख्या ११ हजार ८ सय ७६ रहेको छ । त्यहाँ २०७४ सालमा ९ हजार ७ सय २७ मतदाता थिए । यसो गर्दा सिरिजङ्गामा २ हजार १ सय ४९ जना मतदाता थपिएका छन् । ताप्लेजुङमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा भन्दा २० हजार १ सय ५६ मतदाता थपिएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts