|

हरि जीव सत्य धर्म परिवारद्धारा ताप्लेजुङको सिरिजङ्गाका ८ वटा माविमा अक्षयकोष स्थापना

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १ । हरि जीव सत्य धर्म परिवारले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको ८ वटा सामुदायिक माध्यमिक बिद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना गरेको छ ।

सिरिजङ्गा गाउँपालिकाका प्रत्येक वडामा रहेका माध्यमिक बिद्यालयहरुमा जनही १८ हजार रुपैंयाका दरले छात्रबृत्ति अक्षयकोष स्थापनाका लागि सम्वन्धित बिद्यालयलाइ रकम हस्तान्तरण गरी छात्रबृत्ति सम्झौता भएको हरि जीव सत्य धर्म परिवार सिरिजङ्गाका अध्यक्ष तेजबहादुर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सिरिजङ्गा वडा नं २ आम्बेगुदिनका तिलरुपा भट्टराईको सहयोगमा सिनाम माविमा,आम्बेगुदिनकै दिलमाया भट्टराईको सहयोगमा आम्बेगुदिन मावि रजामा,सोहि ठाउँका लछीमाया भट्टराईको सहयोगमा सरस्वती मावि सिकैचामा र सिरिजङ्गा गाउँपालिका वडा नं ३ का प्रेममाया बिष्टको सहयोगमा तेल्लोक माविमा अक्षयकोष स्थापनाका लागि प्रत्येक बिद्यालयलाइ १८ हजार रुपैंयाका दरले रकम दिइएको छ ।

यस्तै सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनामका जीतबहादुर बुढाथोकीको सहयोगमा राष्ट्रिय मावि पेदाङमा,सिरिजंगा गाउँपालिका वडा नं ३ सिकैचाका देउकुमार ढुङ्गेलको सहयोगमा गणेश मावि खेवाङमा र सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिनका कमलप्रसाद भट्टराईको सहयोगमा लक्ष्मी मावि मामाङ्खे र कञ्चजंघा मावि याम्फुदिनमा अक्षयकोष स्थापनाका लागि प्रत्येक बिद्यालयलाइ १८–१८ हजार रुपैंया प्रदान गरिएको हरि जीव सत्य धर्म परिवार सिरिजङ्गाका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । यो रकमले कक्षा ८ मा अध्ययन गर्ने गरिव,विपन्न,जेहेन्दार र लगनशिल छात्र÷छात्रालाइ छात्रबृत्ति प्रदान गर्नेगरी बिद्यालयसंग समझदारी भएको समेत भट्टराईले बताउनुभयो । आफ्ना धर्मका प्रकटरुपी तत्वदर्शी अडीमर्दन भट्टराईको पुण्यतिथिको दिन पारेर अक्षयकोषका लागि रकम सहयोग गरिएको हरि जीव सत्य धर्म परिवारले जनाएको छ ।

Similar Posts