|

एमसिसीको बिरोधमा सत्तारुढ दल नेकपा एसका युवा दस्ता सडकमा,फुङ्लिङमा प्रदर्शन

ताप्लेजुङ,फागुन १ । अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बिरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा प्रदर्शन गरिएको छ ।

सत्तारुढ घटक नेकपा एकिकृत समाजवादी निकट युवा संघ र अनेरास्वबियूले आइतवार फुङ्लिङमा प्रर्दशन गरेका हुन् । नेकपा एसको पार्टी जिल्ला पार्टी कार्यालयबाट निस्केको ¥यालीका सहभागीले एमसिसी चाहिदैंन,राष्ट्रघाती काम गर्न पाइदैंन,एमसिसी चाहिदैंनदेश बेच्न पाइदैंन जस्ता नारा लगाउँदै नगर परिक्रमा गरेका थिए । नगर परिक्रमा पछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै नेताहरुले एमसिसी जनहित बिपरित र राष्ट्रघाती भएकोले यस बिरुद्ध आम नेपाली एकजुट हुनुपर्ने बताए । एमसिसीले अफ्रिका, ल्याटिन अमेरिका र एशिया महादेशमा गरी २४ देशमा सहकार्य गरिरहेको छ । त्यसमा १७ देशमा कार्यान्वयनमा रहेका कम्प्याक्ट र थ्रेसहोल्डमा छन् भने १० वटा विकासक्रममा छन् ।

सन् २०१७ मा नेपालले आफ्नो आवश्यकताका ३ सय १८ किमी लम्बाइको ४ सय केभीको प्रसारण लाइन, ३ सय किमी लम्बाइको राजमार्गमा स्तरोन्नति गर्नेलगायतका परियोजनामा सहमत भएर एमसिसीअन्तर्गत ५० करोड डलर अर्थात् रु ५६ अर्ब अनुदान सहायता सम्झौतामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गर्नु भएको थियो ।

Similar Posts