|

ताप्लेजुङको प्रजिअमा पोखरेल आउँदै,पाण्डेको बिदाई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १ । ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीमा महेश पोखरेल आउनु हुने भएसंगै यहाँका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाइ इलाका प्रशासन कार्यालय दमकका लागि बिदाइ गरिएको छ ।

पाण्डेलाइ आइतवार जिल्ला सुरक्षा समिति,कर्मचारी मिलन केन्द्र,ताप्लेजुङ उद्योग बाणिज्य संघ र पत्रकार महासंघ ताप्लेजुङले बिदाइ गरेका छन् । शनिवार जिल्ला समन्वय समिति तथा युनिटेक हाइड्रोपावर र शुक्रवार फुङलिङ नगरपालिकाले बिदाइ गरेका थिए । पाण्डेले आफुले ताप्लेजुङमा आफ्नो कार्यकालभर काम गर्दा जति राम्रो काम गर्छु भन्ने अपेक्षा थियो,त्यति पूरा गर्न नसके पनि नराम्रो काम नगरेको बताउनुभयो । सबै पक्षलाइ समन्वयमा राखेर काम गर्ने प्रकृयामा आफु सफल भएको पाण्डेले बताउनुभयो । आफ्नो पछिल्लो कार्यकालको सुरुआतमै दोभान बजारको आगलागी र त्यसपछि कोरोना कहरले समस्या पारेपनि आफुले जनताको मानसपटलमा नकारात्मक भाव पैदा हुने गरी काम नगरेको बरु दैनन्दीय जीवनमा उत्साह र प्रेरणा दिने कार्यमा समय खर्चिएको पाण्डेको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारीको रुपमा ताप्लेजुङमा आउन लाग्नु भएका पोखरेल अनुुभवी,सहनशिल र सेवाग्राहीमैत्रीकै रुपमा आफुले पाएको भन्दै पाण्डेले पोखरेलको कार्यकाल समेत रचनात्मक रुपमै बित्ने बिश्वास लिनुभयो । पाण्डे २०६४ सालमा केहि अवधि ताप्लेजुङको कायममुकायम प्रजिअ र त्यसपछि २०७२ सालमा ताप्लेजुङको स्थानीय विकास अधिकारी भएर काम गर्नु भएको थियो । ताप्लेजुङको नयाँ प्रजिअमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोखरेल आउन लाग्नु भएको हो । पोखरेलले आफु बुधवार ताप्लेजुङ आउने बताउनुभयो । नेपालको प्रशासनिक क्षेत्रमा पोखरेल अनुभवी र सेवाग्राहीमैत्री पात्रको रुपमा चिनिनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts