ताप्लेजुङका हाङ्गाम प्रदेश सरकारमा उद्योग श्रम तथा रोजगार मन्त्री

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २३ । ताप्लेजुङबाट प्रदेशसभा सदस्य रहनु भएका प्रतापप्रकाश हाङ्गाम प्रदेश १ सरकारमा उद्योग श्रम तथा रोजगार मन्त्री बन्नु भएको छ । काँग्रेसबाट हाङ्गाम सहित ३ जना मन्त्री हुनु भएको छ । प्रदेश १ मा सपथ ग्रहण स्थलमा नै मन्त्रीको जिम्मेवारी फेरिएको छ ।

प्रदेश १ को १४ सदस्यीय मन्त्रिपरिषद्मा आइतबार नियुक्त भएका ८ मन्त्रीमध्ये दुई मन्त्रीको मन्त्रालय फेरिएको छ । सपथ ग्रहण स्थलमै मन्त्रीहरूको मन्त्रालय फेरिएको हो । सपथ ग्रहणका क्रममा सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्कीले मन्त्रीको नाम र मन्त्रालय फरक परेको भन्दै सच्याउन माग गर्नु भएको थियो । कर्यविभाजनमा उद्योग, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी तोकिनु भएका ओमप्रकाश सरावगीलाई भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनाइएको छ ।

त्यसैगरी भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री तोकिनु भएका प्रतापप्रकाश हाङगामलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारीमा लगिएको हो । सपथ ग्रहण अघि मन्त्रालय र मन्त्रीको कार्यविभाजन पढेर सुनाइएको थियो । इकागजबाट

अरुलाई पनि शेयर गरौ !

Similar Posts