हाजिरीखातामा वडाध्यक्षले रातो मसी लगाएको भन्दै आठराइ त्रिबेणीका पेशागत संगठनको बिरोध,गल्ती सच्याउन वडाध्यक्ष सिटौलालाइ चुनौती

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ १८ । बिद्यालय व्यवस्थापन समितिबाट बिरामी बिदा स्वीकृत गराइ उपचारका क्रममा रहेकी शिक्षिकाको बिदा लिएको अवधिको हाजिरीखातामा वडाध्यक्षले रातो मसी लगाइदिएर पूवाग्रही काम गरेको भन्दै आठराइ त्रिबेणी गाउँपालिकाका पेशागत संगठन आन्दोलित भएका छन् ।

ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका वडा नं १ का वडाध्यक्ष पूर्णप्रसाद सिटौला बिरुद्ध ५ पेशगत संगठनहरुले संयुक्त प्रेश विज्ञप्ती प्रकाशित गरी बिरोध जनाएका हुन् । आठराइ त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिनस्थित जनता आधारभूत बिद्यालयकी शिक्षिका चित्रकला अधिकारीको बिदा लिएको अवधिमै हाजिरी खातामा वडाध्यक्ष सिटौलाले बिद्यालयमा गइ रातो मसी लगाइदिएको यो कार्य शिक्षा ऐन बिपरित भएको पेशागत संगठनहरुको दावी रहेको छ । बिद्यालय व्यवस्थापन समितिबाट बिरामी बिदा स्वीकृत गराइ उपचारको क्रममा रहेको शिक्षकलाइ पूवाग्रह राखेर बिदा लिएकै अवधिमा वडाध्यक्ष सिटौलाले रातो मसी लगाउनु रातो मसीकै दुरुपयोगको रुपमा बुझ्नुपर्ने शिक्षकका पेशागत संगठनहरुले विज्ञप्तीमा उल्लेख गरेका छन् । विज्ञप्तीमा सिमित स्वार्थमा निहित व्यक्तिहरुको पछि लागेर वडाध्यक्ष सिटौलाले गैर कानुनी काम गरेकोले त्यसलाइ गल्तीको रुपमा स्वीकार गरी सार्वजनिक क्षमायाचना सहित गल्ती सच्याउने तत्परता देखाउन समेत पेशागत संघ÷संगठनले वडाध्यक्ष सिटौलाको ध्यानाकर्षण गरेका छन् ।

गल्ती सच्याउने तत्परता देखाएर पीडित शिक्षकलाइ न्याय दिने कार्यमा अग्रसर नभए वडाध्यक्ष सिटौला बिरुद्ध सशक्त आन्दोलनमा जाने पेशागत संघ÷संगठनले चेतावनी दिएका छन् । विज्ञप्तीमा नेपाल राष्ट्रिय शिक्षक संगठनका गाउँपालिका उपाध्यक्ष अम्बिका आङबुहाङ,नेपाल शिक्षक संघका गाउँपालिका सचिव नेत्र भण्डारी,एकिकृत अखिल नेपाल शिक्षक संगठनका बिजय गौतम,प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष शंकर भट्टराई र नेपाल राहत शिक्षक समिति आठराइ त्रिबेणी गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद चुँडालको हस्ताक्षर रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts