ताप्लेजुङको फुङ्लिङ र पाँचथरको हिलिहाङका २ कर्जाबाहकलाइ स्वावलम्बनको सहयोग
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ४ । स्वावलम्बन लघु बित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले पति गुमाएका ताप्लेजुङको फुङ्लिङ नगरपालिका र पाँचथरको हिलिहाङ गाउँपालिकाका २ साधारण कर्जा बाहकलाइ आर्थिक सहयोग प्रदान गरेको छ । साधारण कर्जा बाहकका पतिको निधन भएमा स्वावलम्बनले सहयोग बापत जनही ५० हजार रुपैंया प्रदान गर्दै आएको छ । यस अन्र्तगत फुङ्लिङ नगरपालिका वडा नं ५ की साधारणकर्जा बाहक देवीमाया लिम्बू र हिलिहाङ गाउँपालिकाका वडा नं १ का दिलकुमारी लिङ्देनलाइ जनही ५०–५० हजार प्रदान गरिएको हो ।
दिलकुमारीका पति गणेशबहादुर लिङ्देनको २०७६ चैत १ गते र देवीमायाका पति हस्तबहादुर लिम्बूको चैत १२ निधन भएको थियो । यो खर्चबाट पति गुमाएका आफ्ना कर्जाबाहकलाइ दशैं पर्व समेतमा सघाउ पुग्ने हिसावले रकम बितरण गरिएको स्वालम्बन लघु बित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाका प्रवन्धक मणिराज चेम्जोङले जानकारी दिनुभयो । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं १ की दिलकुमारीलाइ त्यहाँका वडाध्यक्ष गोपीकृष्ण भण्डारी र ताप्लेजुङको फुङ्लिङकी देवीमायालाइ बैकका शाखा प्रवन्धक चेम्जोङले यो रकम हस्तान्तरण गर्नु भएको थियो । बैंकले कर्जा बाहकको बीमा समेत गराउँदै आएको छ भने कर्जा बाहकको मृत्युपछि सो बीमा अंक बराबरको रकम समेत भुक्तानी गर्दै आएको जनाएको छ ।