|

ताप्लेजुङमा बैंकर क्लव गठन,सामाजिक उत्तरदायित्व र आफ्नो हकहित प्राथमिकतामा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ८ । स्थानीय स्तरमा बैंक तथा बित्तीय संस्थामा देखिएका समस्या पहिचान गरी बैंकिङ सेवालाइ सहज रुपमा जनतामाझ लैजाने कार्यको सहजीकरण गर्न ताप्लेजुङमा बैंकर क्लवको गठन भएको छ ।

सनराइज बैंक ताप्लेजुङका प्रवन्धक अनिल श्रेष्ठको अध्यक्ष रहेको समिति गठन भएको हो । समितिमा एनएमबी बैंकका कुलदीप मादेन उपाध्यक्ष,प्रभु बैंकका किरण लिवाङ लिम्बू सचिव,लक्ष्मी बैंकका सुर्दशन रिजाल सहसचिव,मेघा बैंकका रुपा लिम्बू कोषाध्यक्ष र मेघा बैंककै मुक्ति कार्की सहकोषाध्यक्ष रहनु भएको छ । समितिमा बिपिन पौडेल,प्रविन खरेल,सुजन श्रेष्ठ,सुमन राई,शसाङ्क गिरी,सुमन महतारा,रमेश अधिकारी,हिमाल गौतम,दीपक भट्टराई,दिनेशकुमार कट्टेल,भरत कोइराला,महेश मुखिया,बिमला निरौला,निरज गडेरी र सागर भट्टराई सदस्य रहनु भएको छ । अनिल श्रेष्ठ,नवनिधी ढकाल,सुवास पराजुली,राजेन्द्र तिमल्सिना,दीपकराज गिरी,संगमदीप श्रेष्ठ र सुनिल रौनियार रहेको सल्लाहकार समिति समेत गठन गरिएको छ ।

ताप्लेजुङ बैंकर क्लवले बैंक तथा बित्तीय संस्थामा कार्यरत कर्मचारीहरुलाइ आफ्नो कर्तव्य र जिम्मेवारीप्रति प्रतिबद्ध बनाउने,समस्या परेका बखत सहयोग र सहजीकरण गर्ने, बैंक तथा बित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको हकहितका लागि पैरवी गर्ने,नेपाल सरकारका निकाय तथा स्थानीय तह र वडापालिकासंग समेतको सहकार्यमा बित्तीय साक्षरता अभियान चलाउने कार्य गर्ने भएको छ । यस्तै बिपद्बाट पीडित परिवारलाइ आपतकालिन राहत तथा सहयोगका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्ने,अति बिपन्न परिवारको उत्थान,उद्धार तथा राहतका लागि यथाशक्य सहयोग जुटाउन÷दिन अग्रसर हुने लगायतका कार्य समेत यो क्लवमार्फत अघि बढाउने बैंकर क्लव ताप्लेजुङले जनाएको छ ।‘आफ्नो पेशागत हकहित र सामाजिक उत्तरदायित्वमुखी कार्यक्रमलाइ प्रमुखताका साथ अघि बढाउने छौं’बैंकर क्लव ताप्लेजुङका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts