|

पालुङ्वालाइ अध्यक्ष चयन गर्दै सकियो प्रेश चौतारी नेपाल ताप्लेजुङको ५ औं जिल्ला अधिबेशन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ ६ । प्रेश चौतारी नेपाल ताप्लेजुङको ५ औं जिल्ला अधिबेशनले बसन्त पालुङ्वा अध्यक्ष रहेको ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षद्धयमा मदन गौतम र अमृता थलङ,सचिवमा तेञ्जिङ पाङ्कर्मा शेर्पा,सहसचिवद्धयमा गंगा लिङ्खिम र जीतेन चेम्जोङ तथा कोषाध्यक्षमा संगिता कार्की चयन हुनु भएको छ । सदस्यहरुमा किरण गदाइली,जुनिता ओझा,लाक्पा शेर्पा र सुनिता रसाइली रहनु भएको छ । अधिबेशनले केन्द्रीय महाधिबेशन प्रतिनिधिमा सुवास आचार्य र सहारा लङ्वा तथा प्रदेश अधिबेशन प्रतिनिधिमा केशव आचार्य र रबिना(बर्षा) राईलाइ चयन गरेको छ ।

नयाँ कार्य समितिलाइ प्रेश चौतारी नेपालका केन्द्रीय सदस्य खगेन्द्र अधिकारीले बधाइ ज्ञापन गर्दै संस्थालाइ सुद्रिढ,बलियो र प्रभावकारी पेशागत संगठन बनाउने कार्यमा नयाँ कार्य समिति अग्रसर हुनुपर्ने बताउनुभयो । ५ औं जिल्ला अधिबेशन आयोजक समितिका संयोजक सुवास आचार्यले पत्रकारिता क्षेत्रमा नयाँ आयाम ल्याउने कार्यमा प्रेश चौतारी नेपालको नयाँ कार्य समिति सफल हुने बिश्वास लिनुभयो । कार्यक्रममा प्रेश चौतारी नेपाल केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य शान्ता आङ्बुहाङ,प्रेश चौतारी नेपालका प्रदेश कमिटी सदस्य मनमणि काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts