ताप्लेजुङमा सम्वन्ध बिच्छेदका मुद्दा बढ्दै ः कूल मुद्दाको ३६ प्रतिशत बढी सम्वन्ध बिच्छेदका

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ५ । ताप्लेजुङ जिल्ला अदालतमा चालू अवस्थामा रहेका मुद्दामध्ये ३६ प्रतिशत बढी मुद्दा सम्वन्ध बिच्छेदका रहेको पाइएको छ । कूल देवानी मुद्दा मध्ये सम्वन्ध बिच्छेदका मुद्दा ५२ प्रतिशत बढी रहेका छन् ।

सम्बन्धविच्छेद भनेको श्रीमान श्रीमती बिचको बैवाहिक नाता सम्बन्धबाट दायीत्व रहित तवरले अलग हुने कानुनी आधार हो । यसलाई प्राचिन समयमा पारपाचुके,छोडपत्र, भनिन्थ्यो भने परिस्कृत रुपमा सम्बन्ध बिच्छेद भन्ने गरिन्छ । जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार ताप्लेजुङ जिल्ला अदालतमा पुस मसान्त सम्ममा कूल ३ सय २६ थान मुद्दा रहेका छन् । अदालतमा अहिले चालू आर्थिक बर्ष २०७८।०७९ मा दर्ता भएका १ सय ८७ र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका १ सय ३९ थान मुद्दा छन् । कूल मध्ये १ सय १८ थान मुद्दा सम्वन्ध बिच्छेदका रहेको जिल्ला अदालतले जनाएको छ । कूल मुद्दा मध्ये २ सय २६ थान देवानी मुद्दा रहेका छन् । यि मध्ये ५२.२१ प्रतिशत मुद्दा सम्वन्ध बिच्छेदका रहेको श्रेष्तेदार रेग्मीले जानकारी दिनुभयो । यस्तै ६७ थान सरकारवादी मुद्दा मध्ये २८ थान भने जबरजस्ती करणीका रहेको अदालतले जानकारी दिएको छ ।

जिल्ला न्यायाधीस प्रकाश राउत ताप्लेजुङ जिल्ला अदालतमा पछिल्लो समय सम्वन्ध बिच्छेदका मुद्दामा अचाक्ली बृद्धि भएको बताउनहुन्छ । देशैभर सबैभन्दा बढी सम्वन्ध बिच्छेदका मुद्दामा बृद्धि भएपनि ताप्लेजुङमा यो प्रकृतिका मुद्दाको दर मोटो परिमाणले बढेको देखिएको उहाँले बताउनुभयो । अदालतले यो अवधिमा १ सय ७७ थान अर्थात् ५४ प्रतिशत बढी मुद्दा फस्र्यौट गरेको छ । १ सय ४९ थान मुद्दा प्रकृयामा रहेको अदालतले जनाएको छ । अदालतले ६ महिना भित्रका ९७ थान,६ महिना देखि १ बर्ष भित्रका ५५ थान,१ बर्ष देखि १८ महिना भित्रका १९ थान र १८ महिना देखि २ बर्ष भित्रका ६ थान मुद्दा फस्र्यौट गरेको जनाएको छ । पुस महिनामा मात्रै अदालतले ३० थान मुद्दा फस्र्यौट गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts