सरकारद्धारा २३ जिल्लामा भूमी आयोगका अध्यक्ष नियुक्त,ताप्लेजुङमा बस्नेत

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस ३० । सरकारले ताप्लेजुङ सहित २३ जिल्लामा भूमी आयोगका अध्यक्षहरु नियुक्त गरेको छ । यद्यपी यो नियक्तिलाइ राजपत्रमा सूचना भने प्रकाशन गरिएको छैन ।

सरकारले गत पुस २१ गतेकै मितिमा भूमी आयोगका अध्यक्षहरु नियुक्ति गर्ने निर्णय लिएको थियो । जस अनुसार ताप्लेजुङमा कृष्णकुमार बस्नेत,पाँचथरमा दिनेशकुमार लावती,इलाममा भरतबहादुर खत्री,उदयपुरमा बलबहादुर तामाङ,ओखलढुङ्गामा अशोकुमार कार्की,कञ्चनपुरमा देवेन्द्रराज ढुङ्गाना र डडेल्धुरामा शेरबहादुर भण्डारी भूमी आयोगको जिल्ला अध्यक्ष नियुक्त हुनु भएको स्रोतले जनाएको छ ।

यस्तै दैलेखमा नयराम थापा,सुर्खेतमा श्रीधर पौडेल,प्युठानमा इमानसिंह खड्का,झापामा तिलकसिंह पाण्डे,सुनसरीमा भगिरथ खात्वे,भोजपुरमा दिलकुमार राई,काभ्रेमा हरिबहादुर केसी,धादिङमा कृष्णप्रसाद अर्याल,गुल्मीमा राम मल्ल ठकुरी,अर्घाखाँचीमा यादव घिमिरे,रुपन्देहीमा हरिबहादुर आचार्य,लमजुङमा दामोदर अधिकारी, बाग्लुङमा धर्मबहादुर कुँवर,कास्कीमा गंगाप्रसाद पोखरेल र तनहुँमा रामचन्द्र अधिकारी भूमी आयोगका अध्यक्ष नियुक्त हुनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts