|

९ वटा क्षेत्रमा बिशेषज्ञ सेवा सहित तेल्लोकमा २ दिने शिविर सुरु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस २१ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको केन्द्र तेल्लोकमा बिशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

पालिका अध्यक्ष टीकाराम गुरुङको उपस्थितिमा प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा शिविर सुरु भएको हो । शिविर बुधवार र बिहीबार गरी २ दिन चल्ने छ । नोबेल मेडिकल कलेज बिराटनगरको सहयोगमा सिरिजंगा गाउँपालिकाले बृहत्त रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा मुटु रोग बिशेषज्ञ समेतको सहभागितामा जेनेरल मेडिसिन बिशेषज्ञ सेवा,स्त्री तथा प्रसुति रोग,हाडजोर्नी तथा नसा रोग,नाँक,कान तथा घाँटी रोग,यौन तथा छाला रोग,आँखा रोग,रेडियोलोजी सेवा,दन्त रोग तथा बाल रोग बिशेषज्ञ सेवा प्रदान गरिदैं आएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts