|

सिरिजंगाका ८ वडामध्ये ७ वटामा बर्थिङ सेन्टर सञ्चालन,मामाङ्खेमा केहि समयपछि

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस १९ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाका ८ वटा वडामध्ये ७ वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’अभियान अन्र्तगत सबै वडामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने पालिकाको योजना अनुरुप पछिल्लो समय वडा नं ७ खेवाङमा बर्थिङ सेन्टर र ल्याव सेवा एकसाथ सुरु गरिएको छ । पालिका अध्यक्ष टीकाराम गुरुङले खेवाङमा सुरु भएको बर्थिङ सेन्टर र ल्याव सेवाको एकसाथ शुभारम्भ गर्नु भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार पालिकाको वडा नं ६ मामाङ्खेमा मात्र बर्थिङ सेन्टर सञ्चालनमा आउन बाँकी रहेको छ । त्यहाँपनि तत्कालै बर्थिङ सेन्टर सञ्चालनमा आउने गरी प्रकृया आरम्भ भइसकेको घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाले खेवाङमा ल्याब सेवा सुरु गर्न एकजना ल्याब असिस्टेन्ट करार सेवामा व्यवस्थापन गरेको छ भने बर्थिङ सेन्टर संचालनका लागि एकजना अनमीलाई एसबीए तालिम समेत उपलब्ध गराएको घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाको आफ्नै स्रोतबाट पालिका क्षेत्रभित्रका ८ वटा वडाहरुमध्ये ३ वटा वडा क्रमशःवडा नं १ सिनाम,वडा नं ४ तेल्लोक र वडा नं ७ खेवाङबाट ल्याब सेवा सञ्चालनमा ल्याइ सकिएको समेत गाउँपालिकाले जनाएको छ । फोटो ः वडा नं ७ खेवाङमा बर्थिङ सेन्टरको उद्घाटन गर्दै सिरिजंगा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts