|

नयाँ नेतृत्व चयन सहित कञ्चनजंघा सामुदायिक सहकारी संस्थाको साधारणसभा सम्पन्न

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १६ । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था लिमिटेड ताप्लेजुङले नयाँ नेतृत्व चयन संगै १८ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाले अध्यक्षमा चन्द्रकुमार यवागुलाइ पुन सहकारी संस्थाको अध्यक्ष निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा चित्राकुमारी चंसु लिम्बू,सचिवमा अस्मिता साँवा र कोषाध्यक्षमा दिलकुमार मेन्याङ्वो सर्वसम्म्त रुपमा चयन भएको निर्वाचन समिति संयोजक श्रीध्वोज तेम्बेले जानकारी दिनुभयो । संस्थाको सदस्यमा खड्गबिक्रम सुबेदी,टेकनाथ अधिकारी,शान्ता आङ्बुहाङ,कृष्णप्रसाद सुबेदी,आइतराम मंग्रान्ती,नन्दु बानियाँ,यसोदा श्रेष्ठ,कृष्णप्रसाद सुबेदी रहनु भएको छ । दिवस भण्डारी संयोजक रहेको ३ सदस्यीय लेखा समितिमा सुवास आचार्य र राम पोमू समेत सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

१ हजार ४ सय ३९ महिला र ७ सय ६३ पुरुष गरी कूल २ हजार २ सय २ जना सदस्य रहेको यो सहकारी संस्थाको कूल चुक्ता शेयर पुँजी १ करोड ८१ लाख २२ हजार १ सय रुपैंया रहेको छ । कोषाध्यक्ष दिलकुमार मेन्याङ्वोद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन अनुसार १६ करोड ७३ लाख १५ हजार ३ सय २२ रुपैंया संस्थाले कुल बचत संकलन गरेको छ । मेन्याङ्वोका अनुसार कुल बचत संकलन मध्ये गत आर्थिक बर्षको बाँकी ६ करोड ४७ लाख ५८ हजार २ सय ११ रुपैंया र यस आवको १० करोड २५ लाख ५७ हजार १ सय ११ रुपैंया रहेको छ । यस आवमा संस्थाले ९ करोड १९ लाख ९६ हजार ५ सय ३८ रुपैंया फिर्ता गरेको समेत जनाएको छ । १७ करोड ३५ लाख २८ हजार १ सय ८९ रुपैंया संस्थाको कूल ऋण लगानी रहेकोमा गत आव सम्म लगानीमा रहिरहेको रकम ९ करोड ५९ लाख ५२ हजार ९ सय रुपैंया तथा चालू आर्थिक बर्षको लगानी ७ करोड ७५ लाख ७५ हजार २ सय ८८ रुपैंया रहेको संस्थाले जनाएको छ । चालू आर्थिक बर्षमा संस्थाले ६ करोड ४७ लाख २० हजार ९ सय ४२ रुपैंया असुली गरेको समेत जनाएको छ । संस्थाले यस आवमा १० करोड ८८ लाख ७ हजार २ सय ४६ रुपैंया लगानीमा लगाएको समेत जनाएको छ ।

संस्थाले एक आर्थिक बर्षमा १ करोड २६ लाख ३२ हजार ७ सय १७ रुपैंया आम्दानी गरी खर्च कटाएर ३४ लाख ६ हजार १ सय ४६ रुपैंया खुद नाफा बचत गरेको संस्थाले जनाएको छ । संस्थाले आफ्नो भवन निर्माणका लागि फुङ्लिङ नगरपालिका वडा नं ४ न्युरोडमा ५ आना जग्गा ४६ लाख ७ सय ५ रुपंैंयामा खर्च गरेर खरिद गरेको जनाएको छ । संस्थाले चालू आर्थिक बर्षमा ४८ लाख ३८ हजार ८ सय ५४ रुपैंया बराबरको बिप्रेषण(रेमिट्यान्स)सेवा बापत कारोवार गरेको छ । बिप्रेषण सेवाका लागि आइएमई,प्रभु मनी ट्रान्सफर र हिमाल रेमिट प्रयोग भइरहेको संस्थाले जनाएको छ । अध्यक्ष यवागुद्धारा प्रस्तुत प्रतिबेदन अनुसार चालू आवमा सदस्य सम्मान कार्यक्रम,सदस्य राहत कार्यक्रम,सामाजिक उत्तरदायित्व अन्र्तगत कार्यक्षेत्र भित्रको आवश्यकता पहिचान गरी कार्यक्रम सञ्चालन,अध्ययन अवलोकन र सदस्यता बृद्धि सहितका कार्यक्रम अघि सारिएका छन् । संस्थाले सहकारी संस्थाको कर्जा सुरक्षण कोषमार्फत ऋणी शेयर सदस्यको मृत्यु भएमा ऋणको २० प्रतिशत ऋण मिनाहा गरिदिने कार्यक्रम अनुरुप ऋणी शेयर सदस्य प्रेम हाङगामको मृत्यु पछि ६० हजार रुपैंया ऋण मिनाहा गरेको जनाएको छ । हाङ्गामको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको थियो ।

लेखा समितिका संयोजक दीपेन्द्र सुबेदीको अनुपस्थितिमा लेखा समिति सदस्य तथा नवनिर्वाचित लेखा समिति संयोजक दिवस भण्डारीले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । साधारणसभाको उद्घाटन गर्दै फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले सहकारी संस्थामार्फत समुदायका सदस्यको आर्थिक श्रीबृद्धिमा ठूलो टेवा पुगेको बताउनुभयो । उहाँले सहकारी र सरकारी निकाय बीचको सहकार्यले समुदायका सदस्यको आर्थिक विकासमा टेवा पुग्ने भएकोले फुङ्लिङ नगरपालिका सहकारी संस्थासंग सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघका यिगेन्द्रकुमार गुरुङ,बिभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधि,सञ्चारकर्मी र सहकारी संस्थाका बिभिन्न समूहमा आबद्धहरुको सहभागिता रहेको थियो । साधारणसभाकै अवसरमा संस्थाको प्रगतिका लागि उल्लेखनीय योगदान पु¥याउने सदस्यहरुलाइ सम्मान पनि गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts