ताप्लेजुङमा हिमपात,ओलाङ्चुङगोलामा बिओपी टोली हिउँ हटाएर बाटो सफा गर्दै(फोटो फिचर)

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस १४ । ताप्लेजुङमा भारी हिमपात भएको छ । हिमपात यो बर्षकै सबैभन्दा धेरै हो । बर्षासंगै निरन्तर रुपमा भइरहेको हिमपातले जनजीवन कष्टकर छ । हिमाली भेगमा राखिएका गोठहरुमा यसको सबैभन्दा बढी प्रभाव परेको छ । पशुपालक र पशु चौपायालाइ समेत हिमपात र बर्षाले नराम्रो असर गरेको स्थानीयले बताएका छन् ।

ओलाङ्चुङगोलामा गए बेलुकी ९ बजे देखि परेको हिमपात अहिले सम्म जारी रहेको बोर्डर आउट पोष्ट ओलाङ्चुङगोलाकाका प्रमुख, सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काले जानकारी दिनुभयो ।

बोर्डर आउट पोष्टका कार्यरत सशस्त्र प्रहरी जनशक्तिले गोलाको मुख्य मार्गमा हिउँ हटाएर बाटो सफा गरेको खड्काले जानकारी दिनुभयो । पाथीभरा क्षेत्रमा पनि भारी हिमपात भएको छ ।

तस्बिर ः अनिल खड्का(गोला) र राजेन्द्र महत पाथीभरा क्षेत्र

अरुलाई पनि शेयर गरौ !

Similar Posts