सिरिजंगामा प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु,मैवाखोला र फक्ताङ्लुङको बिजयी सुरुआत
खगेन्द्र अधिकारी
(तेल्लोक)ताप्लेजुङ,पुस ९ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले आयोजना गरेका प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको पहिलो खेलमा मैवाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिका अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
मैवाखोलाले मेरिङ्देन गाउँपालिकालाइ २५–२२,२६–२४, २३–२५ २५–२३ र सेटमा पराजित ग¥यो । यो खेलमा मैवाखोलाका हिमाल प्रसाँइ म्याद अफ दि म्याच घोषित हुनुभयो । यता फक्ताङ्लुङ गाउँपालिकाले आठराइ त्रिबेणी गाउँपालिकालाइ सोझो सेटमा पराजित गरेको छ । फक्ताङ्लुङले आठराइ त्रिबेणीलाइ २५–११,२५–२३ र २५–२२ मा पराजित ग¥यो । यो प्रतियोगिताको म्यान अफ दी म्याच फक्ताङ्लुङका पुकार लिम्बू हुनुभयो ।
यसअघि सिरिजंगा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले प्रथम अध्यक्ष कप भलिबल कप प्रतियोगिताको उद्घाटन गर्दै विकास,अनुशासन र गतिशिलताको मार्गमा आफुलाइ अभ्यस्त गराउन खेलाडी तथा खेलप्रेमीहरुलाइ आग्रह गर्नुभयो । सिरिजंगा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले सिरिजंगा क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत ध्यान दिने हेतुले आयोजना गरिएको प्रथम अध्यक्ष कप भलिबलले जिल्ला भित्रका खेलाडी प्रतिभाको सम्मान गर्ने बिश्वास लिनुभयो ।
प्रतियोगितामा मिक्वाखोला गाउँपालिकाबाट आफ्नो टिम लिएर पुग्नु भएका वडा नं ५ पापुङका वडाध्यक्ष डण्डु लामाले सिरिजंगाको विकास र प्रगति देखेर आफुले पनि सिकाइ हासिल गरेको बताए । उनले सिरिजंगा गाउँपालिकाले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धनमा गरेको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उद्घाटन कार्यक्रममा सिरिजंगा गाउँपालिकाका उपाध्यक्ष ज्ञानमाया चौहान सहित बिभिन्न पालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य सहितका जनप्रतिनिधि,खेलप्रेमीहरुको सहभागिता रहेको छ । शनिवार हुने पहिलो खेलमा सिदिङ्वा गाउँपालिकाले सिरिजंगा गाउँपालिकाको सामना गर्दा दोस्रो खेलमा फुङ्लिङ नगरपालिकाले मिक्वाखोला गाउँपालिकासंग भिड्ने छ । शनिवारै हुने पहिलो सेमीफाइनलमा फुङ्लिङ नगरपालिका र मिक्वाखाला गाउँपालिकाको बिजेताले फक्ताङ्लुङ गाउँपालिकाको टिमसंग भिड्ने छ ।
प्रतियोगिताका बिजेताले ३ लाख ३३ हजार ३ सय ३३ रुपैंया नगदका साथ सिरिजंगा लिपि अंकित २ सय ५० तोला चाँदीको रनिङ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेता टिमले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । यस्तै प्रतियोगितामा तेस्रो र चौथो हुने टिमले सान्त्वना पुरस्कार स्वरुप ५५ हजार ५ सय ५५ रुपैंयाका दरले नगद तथा ट्रफी,मेडल र प्रमाणपत्र भएका पाउने छन् । प्रतियोगिता अवधिभरको सर्बोत्कृष्ट खेलाडीलाइ नगद १० हजार रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र तथा अन्य बिधागत खेलाडीलाइ जनही नगद २ हजार रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।