|

मेन्याङ्वो एमालेको पोलिटब्युरो सदस्य चयन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर २६ । नेकपा एमालेले केन्द्रीय सदस्य तथा पूर्व सांसद तिलकुमार मेन्याङ्वोलाइ पोलिटब्युरो सदस्य चयन गरेको छ । आइतवार बसेको एमाले केन्द्रीय कमिटी बैठकले बनाएको ९९ सदस्यीय पोलिटब्युरोमा मेन्याङ्वो समेत अटाउनु भएको छ । पोलिटब्यूरोमा पदाधिकारी र स्थायी कमिटी सदस्यहरू पदेन सदस्य हुने व्यवस्था छ । यसअघि नै एमाले सचिवमा प्रतिनिधिसभाका सांसद समेत रहनु भएका योगेशकुमार भट्टराई निर्वाचित भइसक्नु भएको छ । ताप्लेजुङबाट टंक आङ्बुहाङ,पासाङ शेर्पा र उर्मिला थेबे केन्द्रीय सदस्य भइसक्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts