|

फुङ्लिङमा वित्तीय साक्षरता र डिजिटल बैंकिङ सम्वन्धी अनुशिक्षण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २६ । ग्लोबल आइएमई बैंकको ताप्लेजुङ फुङ्लिङस्थित शाखाको आयोजनामा वित्तीय साक्षरता र डिजिटल बैंकिङ सम्वन्धी एकदिने अनुशिक्षण सम्पन्न भएको छ । नागरिकलाइ सरल र सहज बैंकिङ सेवा सम्वन्धी अनुशिक्षित गराउने उद्देश्यले अनुशिक्षणको आयोजना भएको ग्लोबल आइएमई बैंकको फुङ्लिङ शाखाका प्रवन्धक सुवास पराजुलीले जानकारी दिनुभयो । सो अनुशिक्षणमा करिव १ सयजनाको उपस्थिति रहेको आइएमई बैंकको फुङ्लिङ शाखाका अपरेशन इञ्चार्ज हिमाल गौतमले जानकारी दिनुभयो । अनुशिक्षणमा ग्लोबल आइएमइ बैंकका प्रमुख बजार बजार अधिकृत शान्ता शिवाकोटीले मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ, क्युआर कोड,एटीएम सम्बन्धी विविध जानकारी गराउनु भएको थियो । देशैभरी शाखा सञ्जाल रहेको ग्लोबल आइएमइ बैंकको हाल सम्म २ सय ८७ शाखा, ४८ एक्स्टेन्सन काउन्टर,२ सय ६३ शाखा रहित बैंकिङ केन्द्र र २ सय ५२ एटीएम केन्द्र रहेका छन् । नेपाल बाहेक साथै भारत,अस्ट्रेलिया र बेलायतमा समेत सम्पर्क कार्यालय रहेका ग्लोबल आइएमई बैंकले जनाएको छ ।

मुलुकको वित्तीय व्यवस्था, वित्तीय प्रणाली बैंक तथा वित्तीय संस्था, वित्तीय कारोबारका उपकरण र तिनीहरुको प्रयोग गर्ने शैली वा बचत तथा कर्जा लगानी सम्बन्धि कार्यमा वित्तीय संस्थाहरुको व्यवस्था तथा उपाय बारेका विस्तृत जानकारी लिनु वा दिनुलाइ वित्तीय साक्षरता भनिन्छ । डिजिटल प्रविधिले बैंकिङ क्षेत्रको कारोबार समेत मितव्ययी र पारदर्शी बनाउने बिश्वास गरिन्छ । बैंक तथा वित्तीय संस्थाहरुमा डिजिटल बैकिङ प्रणालीबाट ग्राहकहरुले सजिलै घरबाटै आफ्नो कारोबार गर्न सक्ने हुँदा बैंक धाउन नपर्ने,घरैबाट खाता खोल्न सकिने कर्जाको माग, रकम ट्रान्सर्फर तथा विद्युतीय कारोबारबाट विभिन्न सेवाहरुको शुल्क तिर्न सकिने तथा खाताको विवरण र कारोबारको व्यहोरा एक सेकेण्डमा नै जानकारी दिने हुँदा यो प्रविधि बैंकिङ क्षेत्रमा लाभदायक भएको मानिएको छ । डिजिटल बैकिङ प्रणाली अपनाउने हो भने बैंकिङ कारोवारमा समयको बचत,भ्रष्टाचार तथा अपराधिक क्रियाकलाप नियन्त्रण र सम्पत्ति शुद्धिकरण जस्ता कार्यमा समेत यसले आर्थिक पारदर्शीता कायम गर्न सक्ने बताइन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts