अर्पण याक्खा मत्यु प्रकरण ः ६ जना बिरुद्ध ज्यान सम्वन्धी कसुरमा मुद्दा दर्ता
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ९ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवा निर्माणाधिन मध्य मेवा जलबिद्युत परियोजनामा कार्यरत अर्पण याक्खा मत्यु प्रकरणमा प्रहरीले ६ जनालाइ पक्राउ गरी ज्यान सम्वन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । पक्राउ पर्नेमा त्यहिँ जलबिद्युत परियोजनामा कार्यरत २ र स्थानीय ४ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीका अनुसार ज्यान सम्वन्धी कसुरमा प्रहरीले रामेछाप जिल्लाको उमकुण्ढ गाउँपालिका वडा नं २ का १९ बर्षिय सञ्जिव बस्नेत र बैतडीको पुरचौडी नगरपालिका वडा नं ९ बस्ने २२ बर्षका डम्बरबहादुर ढुङ्ग्याल सहित ६ जना बिरुद्ध मुद्दा दर्ता गरेको हो । यस्तै मिक्वाखोला गाउँपालिका वडा नं ४ बस्ने २८ बर्षिय अम्बिका खवास,२७ बर्षिय कर्ण लिम्बू,२५ बर्षिय धनप्रसाद कार्की र १८ बर्षिय वीरबहादुर लिम्बूलाइ समेत प्रहरीले ज्यान सम्वन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । प्रहरीले अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको समेत जनाएको छ । यहिँ मंसिर ६ गते बिहान अन्दाजी साढे ९ बजेतिर धनकुटाको साँघुरीगढी गाउँपालिका वडा नं ३ मादेनटोल स्थायी घर भइ हाद सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ३ सुनौलो टोल बस्दै आएका २६ बर्षिय अर्पण याक्खा कच्ची सडकबाट ३ सय मिटर मुनि भीरमा मृत भेटिएका थिए । उनलाइ कर्तव्य गरी मारेको आशंकामा अनुसन्धान गर्न प्रहरीले उल्लेखित व्यक्तिलाइ पक्राउ गरी ज्यान सम्वन्धी कसुरमा मुद्दा दर्ता गरेको प्रहरीले जानकारी दिएको छ ।