|

अर्पण याक्खा मृत्यु प्रकरण ः भोली सम्ममा बिस्तृत बिबरण आउने प्रहरीको भनाइ

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर ७ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको वडा नं ४ साँवामा निर्माणाधिन एक जलबिद्युत परियोजनामा काम गर्ने मजदुरको मृत्युको बिस्तृत बिबरण बुधवार बिहान सम्ममा आउने संकेत प्रहरीले दिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीले प्रहरी टोलीले मृत्युको कारण पहिचान गर्नेगरी सुक्ष्म अनुसन्धानमा जुटेको जानकारी दिनुभयो ।‘आज बेलुका वा भोली बिहान सम्ममा सबै बिबरण आउने छ’मंगलवार अपरान्ह उहाँले भन्नुभयो । मंसिर ५ गते राति इटहरी उपमहानगरपालिका वडा नं ३ सुनसरी घर भएका अर्पण याक्खा मृत भेटिएका थिए । जन्मदिनको पार्टी मनाउन गएका उनी मृत भेटिएपछि प्रहरीले घटनाका बारेमा सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । अर्पणको शव अहिले ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले बताएको छ । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको स्रोतको दावी छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts