|

रिडले यो बर्ष पनि दियो ५ बिद्यार्थीलाइ छात्रबृत्ति,छात्रबृत्तिमै ५० औं लाख बितरण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ५ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालले यो बर्ष पनि ताप्लेजुङको ग्रामीण क्षेत्रका ५ जना बिद्यार्थीलाइ उच्च शिक्षा छात्रबृत्ति प्रदान गरेको छ । बिपन्न र जेहेन्दार बिद्यार्थीको पढाइलाइ निरन्तरता दिइ स्थानीय स्तरमै प्राविधिक जनशक्ति उत्पादन र रोजगारीको अवसर बृद्धि गर्ने उद्देश्यका साथ रिडको कार्य क्षेत्रभित्रका ५ जना बिद्यार्थीलाइ यो छात्रबृति प्रदान गरिएको हो । रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्तका अनुसार यो बर्षको छात्रबृत्तिको कूल रकम ४ लाख ८ हजार रुपैंया हुने छ । पढाइ बर्षका आधारमा बिद्यार्थीले यो रकम पाउने भएका छन् । पन्तका अनुसार फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपका पेमाडोमा शेर्पाले १ लाख ४४ हजार रुपैंया छात्रबृत्ति पाउनु भएको छ । दमकस्थित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेल्थ असिष्टेन्ट पढीरहनु भएकी उहाँले ३ बर्ष भित्र आफुले पाएको छात्रबृत्ति रकम पाइसक्नु हुने छ । यस्तै दमक बहुमुखी क्याम्पसमा अध्ययनरत लेलेपकै जीवन लिम्बू र जेभियर इन्टरनेस्नल कलेज काठमाण्डौमा अध्ययनरत निमा साम्दे शेर्पाले २ बर्ष भित्र पाइसक्नेगरी जनही ७२–७२ हजार रुपैंया छात्रबृत्ति पाउनु भएको छ । उहाँहरु दुबैजना विज्ञान संकायमा अध्ययनरत हुनहुन्छ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं १ सिनामस्थित सिनाम बहुमुखी क्याम्पसमा कृषि विज्ञान(जेटिए)अध्ययनरत लेलेपकै सुरेश लिम्बूलेले २ बर्षमा पाइसक्ने गरी ७२ हजार र फुङ्लिङ नगरपालिकास्थित भानु माविमा अध्ययनरत फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ इखाबुकी अनिता लिम्बूले ४८ हजार रुपैंयाको छात्रबृत्ति पाउनु भएको छ । रिडका जिल्ला कार्यक्रम प्रवन्धक पन्तका अनुसार अहिले सम्म रिडको कार्यक्षेत्र भित्रका ७३ जनाले यस्तो छात्रबृत्ति पाइसकेका छन् । रिडले छात्रबृत्ति स्वरुप ५० लाख रुपैंया खर्च गरिसकेको समेत जनाएको छ । फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ इखाबु,५ तापेथोक,६ लेलेप,७ ओलाङ्चुङगोला तथा सिरिजंगा गाउँपालिकाको वडा नं ६ मामाङ्खे,७ खेवाङ र ८ याम्फुदिन रिडको कार्यक्षेत्रमा पर्छ । प्रथम कञ्चनजंघा आरोही बेलायती नागरिक जर्ज ब्यण्डको नाममा यो छात्रबृत्ति प्रदान गरिदैं आएका रिड नेपालका शिक्षा विकास अधिकृत रोमा मावो लिम्बूले जानकारी दिनुभयो । आर्थिक अभावले उच्च शिक्षा अध्ययनलाइ निरन्तरता दिन कठिनाइ झेल्ने बिपन्न तथा जेहेन्दार बिद्यार्थीलाइ प्रदान गरिएको यो छात्रबृत्ति पाएर अध्ययन गरेकाहरुले अहिले सरकारी तथा गैर सरकारी सेवामा प्रवेश गरी रोजगार बन्न पुगेका र कोहि बिश्व बिद्यालयका बिभिन्न तहमा अध्ययन गरिरहेका समेत रिडले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts