माओवादी केन्द्र ताप्लेजुङ–काठमाडौं सम्पर्क समितिको नयाँ कार्यसमिति गठन, अध्यक्षमा चन्द्र थापा
काठमाडौं, मङ्सिर ४ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ताप्लेजुङ–काठमाडौं सम्पर्क समन्वय सतितिको आठौं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले चन्द्र थापा (फुङ्लिङ नगरपालिका) को अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमिति उपाध्यक्षहरुमा धनजित साँबा लिम्बू (मिक्वाखोला गाउँपालिका), दावाछिरिङ शेर्पा (फक्ताङ्लुङ गाउँपालिका) तथा जीवन बस्नेत (सिरिजङ्घा गाउँपालिका), सचिवमा निरोज लिबाङ (मिक्वाखोला गाउँपालिका), सहसचिव विकेश (मेरिङ्देन गाउँपालिका) र कोषाध्यक्षमा निला लिम्बू (मैवाखोला गाउँपालिका) चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा सोनू तिवारी, कमल लिम्बू, दाछिरी शेर्पा, उपहार साँबा, पासाङ शेर्पा, निमाछिरिङ शेर्पा, रोशन हेल्लोक, विष्णुप्रसाद राई, चन्द्र अन्छङ्बो, फूलमाया लिम्बू, संगिता काम्बाङ, देवेन्द्र बराल, दिनेश साँबा, देवेन्द्र आङ्बुहाङ, विमल साँबा, विमल सुब्बा चयन हुनुभएको छ । यस्तै निरु सुब्बा, पीके शेर्पा, दर्शन लिबाङ, डम्बर नाल्बो, पासाङ शेर्पा, तिलविक्रम साँबा, प्रोसेस गौतम, छत्र लिम्बू, राज लिम्बू, प्रकाश लिङ्देन, प्रताप लिबाङ, सोम अन्छङ्बो, परिवर्तन लिम्बू, केबल साँबा, लाङ्जिङ शेर्पा, आदर्श दाहाल, युवराज आङ्बुहाङ, सुवास नाल्बो, सञ्जोक मादेन, अनुप लिबाङ, शुक्रराज लिबाङ लगायत रहनुभएको छ ।
सम्पर्क समितिको अधिवेशन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय विशेष समिति इन्चार्ज डिलाराम आचार्यको प्रमुख आतिथ्यता र माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय विशेष प्रदेश समिति सचिव शिवबहादुर बस्नेत, पूर्व पोलिट व्यूरो सदस्य पर्शु कार्की, केन्द्रीय आयोजक समिति सदस्य थाइन्द्र आङ्बुहाङ, सम्पर्क समन्वय विशेष प्रदेश समिति सदस्य नन्दु वनेम र मलिषा यक्सो लगायतको उपस्थितिमा सम्पन्न भएको नवनिर्वाचित सचिव निरोज लिबाङले जानकारी दिनुभयो ।