एमाले ताप्लेजुङको महाधिबेशन प्रतिनिधि निर्वाचनमा ५ स्थानीय तहको मतगणना सकिँदा नतिजामा केहि फेरबदल

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ३ । नेकपा एमालेको राष्ट्रिय महाधिबेशनमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने १३ प्रतिनिधि चयन गर्न भएको मतदानको ५ स्थानीय तहको मतगणना सकिदा नतिजामा केहि फेरबेदल आएको छ । खुल्ला ८ पदका लागि भएको मतदानको जारी मतगणनामा पहिलो नम्बरमा भूपेन्द्र थेबे(२०९६ मत) यथावत् रहनु भएको छ । दोस्रो नम्बरमा बलबहादुर साम्सोहाङ(२०५३ मत) र तेस्रो नम्बरमा छत्रपति प्याकुरेल(१९४० मत) रहनु भएको छ । चौथो नम्बरमा डम्बरध्वोज तुम्बाहाम्फे(१८९९ मत),पाँचौंमा दीपेन पोमू(१८७५ मत),छैटौंमा घनेन्द्र मादेन(१८४० मत),सातौंमा ओङ्दी शेर्पा(१७८० मत),आठौंमा आसलाल केदेम(१७६५),नवौंमा मणिशंकर पोमू(१७०० मत) र दशौंमा सन्तोष खतिवडा(१४६६ मत) रहनु भएको छ । अहिले मिक्वाखोला गाउँपालिकाको मतगणना जारी रहेको छ । त्यसपछि फुङ्लिङ नगरपालिका,मैवाखोला र आठराइ त्रिबेणी गाउँपालिकाको मतगणना हुने निर्वाचन अधिकृत बलराम भट्टराईले जानकारी दिनुभयो ।

Similar Posts