एमाले ताप्लेजुङको महाधिबेशन प्रतिनिधि निर्वाचन ः ४ स्थानीय तहको मतगणना सकियो,फुङ्लिङ सहित ५ को बाँकी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ३ । नेकपा एमालेको राष्ट्रिय महाधिबेशनमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने १३ प्रतिनिधि चयन गर्न भएको मतदानको मतगणना सकिन अझै केहि समय लाग्ने देखिएको छ । ९ स्थानीय तहमध्ये ४ स्थानीय तहको मतगणना सकिएको निर्वाचन अधिकृत बलराम भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सिरिजंगा गाउँपालिका,सिदिङ्वा गाउँपालिका,फक्ताङ्लुङ गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाको मतगणना सकिएको छ । अब फुङ्लिङ नगरपालिकाबाट मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी रहेको छ । फुङ्लिङ सहित अब मिक्वाखोला गाउँपालिका,मेरिङ्देन गाउँपालिका,आठराइ त्रिबेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाको मतगणना गरिने छ । ४ स्थानीय तहको मतगणन सकिदा खुल्ला ८ पदका लागि क्रमशःभूपेन्द्र थेबे(१९१६),छत्रपति प्याकुरेल(१७५९),बलबहादुर साम्सोहाङ(१४८७),ओङ्दी शेर्पा(१४४९),दीपेन्द्र(दीपेन) पोमू(१४३१),घनेन्द्र मादेन(१४००),सिहंबहादुर इवारम(१२८८) र मणिशंकर पोमू(१२६०) मतका साथ उत्कृष्ट आठौं भित्र रहनु भएको छ । यस्तै सन्तोष खतिवडा(१२२३),डम्बरध्वोज तुम्बाहाम्फे(११७९),गोपाल थोप्रा(११६४) र चन्द्रप्रकाश मेन्याङ्वो(१०८५) मतका साथ पछ्याइरहनु भएको छ । खुल्लातर्फ १६ प्रतिश्पर्धी हुनुहुन्छ । ४ महिला कोटामा भीमादेवी ओझा(१६७९),मीनाकुमारी केदेम(१६३१),टीकादेवी दाहाल(१४८५),उर्मिला थेबे(१३९५) र निर्मला इजमले(१२०८) मत ल्याउनु भएको छ । १ दलित कोटामा मनकुमार नेपाली(१०८४) र छत्र बिक(७२९) मतमा रहनु भएको छ । फुङ्लिङ बाहेक अरु सबै प्रदेश निर्वाचन क्षेत्र नं १(ख)को मतगणना हुन बाँकी रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts