| |

कम्प्युटर एशोसियसनद्वारा शुभकामना आदानप्रदान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर १ ।
कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) ताप्लेजुङले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । दशैँ, तिहार, छठ, नेपाल सम्बत, चासोक तङ्नाम, ल्होसार लगायत चाडपर्वको अवसरमा महासंघले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।
शुभकामना आदानप्रदान कार्यक्रममा क्यान महासंघले गर्दै आएको क्रियाकलापको बारेमा चर्चा गरिएको थियो । सूचना र प्रविधिको क्षेत्रमा महासंघले योगदान गर्दै आएको र जिल्लास्तरमा थप सक्रियरुपमा क्रियाकलाप गर्नका लागि सबै पक्षको आवश्यक सल्लाह, सुझाव तथा सहयोगको खाँचो रहेको महासंघका जिल्ला अध्यक्ष विष्णकुमार हाङ्बाङले बताउनुभयो । प्रविधिको क्षेत्रमा गर्नुपर्ने कार्यका लागि आवश्यक पृष्ठपोषणको अपेक्षा राख्दै आएको पनि हाङ्बाङले बताउनुभयो ।
महासंघका जिल्ला सचिव अरुण श्रेष्ठले सूचना र प्रविधिको क्षेत्रमा जिल्लामा क्यान गठन भएदेखि नै यस क्षेत्रमा योगदान गर्दै आएको बताउनुभयो । जिल्लामा थोरै सदस्यहरु क्यानमा आवद्ध रहे पनि क्यानको तर्फबाट निभाउनुपर्ने भूमिका निर्वाह गर्दै आएको श्रेष्ठको भनाइ छ । शुभकामना कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझा, गोरखापत्र दैनिकका पत्रकार प्रयास लिम्बू लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा क्यानका जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts