|

निर्माण व्यवसायी पोमूको कोठाबाट हरायो ४ लाख नगद

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक २४ । ताप्लेजुङका एक निर्माण व्यवसायी दीपेन पोमूको कोठामा चोरी भएको छ । फुङ्लिङको तोक्मे क्षेत्रमा भाडामा कोठा लिएर बस्दै आउनु भएका पोमूको कोठाबाट ४ लाख रुपैंया नगद हराएको हो । हजार रुपैंया दरको ६ लाख रुपैंया मध्ये ४ लाख रुपैंया चोरी भएको पोमूले जानकारी दिनुभयो । २ लाख रुपैंया भने कोठामै रहेको उहाँले बताउनुभयो । आफु राति अबेर कोठा फर्कदा कोठा खोलिएको र कोठामा राखिएको ६ लाख मध्ये २ लाख रुपैंया मात्र भइ ४ लाख रुपैंया चोरी भएको अवस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो । सुन,गरगहना लगायतका सामग्री भने कोठामै रहेको समेत उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)बाल नरसिंह राणाले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिनुभयो । प्रहरीले घटनाको प्रकृतिका बारेमा अध्ययन भइरहेको समेत बताएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts