| |

जागीरमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक १३ ।
ताप्लेजुङमा जागीरमा लगाई दिने आश्वासन दिएर रकम असुलेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको मैवाखोला गाउँपालिका–५ फाकुम्बा बस्ने २४ वर्षीय सुवास फाबेन लिम्बू पक्राउ परेका हुन् ।
शुक्रबार पक्राउ परेका लिम्बूले नेपाली सेनाको जागीरमा लगाई दिन्छुभन्दै जिल्लाकै मिक्वाखोला गाउँपालिका–४ साँबाका २० वर्षीय पेम्बा शेर्पासँग २० हजार रुपियाँ लिएका थिए । पेम्बाले दिएको जाहेरीका आधारमा लिम्बूलाई पक्राउ गरी रकम ठगी गरेको कसूरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
उक्त शीर्षकमा मुद्दा दर्ता गरेसँगै शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts