|

नेकपा एमालेका पालिका स्तरका कमिटीमा धमाधम नयाँ नेतृत्व

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक १० । नेकपा एमालेले ताप्लेजुङका पालिका स्तरका कमिटीमा धमाधम नयाँ नेतृत्व चयन गर्न थालेको छ । आठराइ त्रिबेणी गाउँपालिकामा सूर्यमान यक्सोको अध्यक्षतामा कमिटी बनेको छ । कमिटीको उपाध्यक्षमा आइन्द्र आङ्बुहाङ,सचिवमा मदन सेन्दाङ र उपसचिवद्धयमा कर्ण थलङ र तारा न्यौपाने रहनु भएको छ । फक्ताङ्लुङ गाउँपालिकाका सरोज एभेङ लिम्बू अध्यक्ष रहेको समिति बनेको छ । उहाँ सो गाउँपालिकाका अध्यक्ष समेत हुनुहुन्छ । कमिटी उपाध्यक्षमा मचिन्द्र लिम्बू,सचिवमा बीरेन्द्र दाहाल र उपसचिवद्धयमा दावाडोमा शेर्पा र सुजन लिम्बू रहेको समिति बनेको छ । सिरिजंगा गाउँपालिकामा सन्तोष चाम्लिङ अध्यक्ष रहेको कमिटि बनेको छ ।कमिटिको उपाध्यक्ष इन्द्र घतानी,सचिवमा पूर्ण डाँगी र उपसचिवद्धयमा नवीन थेबे र दीपेन्द्र लिम्बू रहनु भएको छ ।

फुङ्लिङ नगरपालिकामा बुधवार मात्र अधिबेशनको बन्दसत्रको प्रकृया सुरु हुने नेकपा एमाले नेता तिलकुमार मेन्याङ्वोले जानकारी दिनुभयो । मंगलवार उद्घाटन सत्रको कार्यक्रम अबेर मात्र सकिएको र कमिटी आधिकारिकता बिबादले केहि समय अबरुद्ध भएको नगर अधिबेशन सहमतिसंगै सुरु भएको थियो । नयाँ कार्य समिति निर्वाचन लगायतका कार्यक्रम भने बुधवार हुने भएका छन् । उता सिदिङ्वा गाउँपालिकाको अधिबेशन भने कात्तिक २७ गतेलाइ सरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts