|

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङ अध्यक्षमा पोमु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ६ ।
ताप्लेजुङस्थित जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मणिशङ्कर पोमु मनोनित हुनुभएको छ । प्रदेश १ खेलकुद विकास बोर्डले चार वर्षको कार्यअवधिका लागि पोमुलाई अध्यक्षमा मनोनित गरेको हो ।
यस्तै बोर्डले जिल्ला खेलकुद विकास समिति उपाध्यक्षमा रुपा नेयोहाङलाई मनोनित गरेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री एवम् खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको अध्यक्षतामा भर्खरै बसेको बैठकले ताप्लेजुङसहित प्रदेश १ का सबै जिल्लाको खेलकुद विकास समितिमा नयाँ नेतृत्व मनोनित गरेको जनाइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts