| | |

मुक्कुमलुङमा च्याब्रुङ स्तम्भ निर्माण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २६ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) परिसरमा च्याब्रुङ स्तम्भ निर्माण गरिएको छ । किराँत याक्थुङ चुम्लुङ जापान शाखाको आर्थिक लगानीमा (च्याब्रुङ स्तम्भ) मुक्कुमलुङ केःलाङ निवा?सो निर्माण गरिएको हो ।
लिम्बू (याक्थुङ) समुदायको ऐतिहासिक साँस्कृतिक बाजाको रुपमा रहेको च्याब्रुङको स्तम्भ निर्माण गरिएको हो । लिम्बू समुदायको साँस्कृतिक पहिचानलाई संरक्षण गर्ने तथा च्याब्रुङ (केः) को प्रचारप्रसार गर्ने उद्देश्यले मुक्कुमलुङ परिसरमा स्तम्भ निर्माण गरिएको किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङका राष्ट्रिय सदस्य बालचन्द्र आङ्बुहाङले बताउनुभयो ।

च्याब्रुङ स्तम्भको अनावरण गर्नुहुँदै कियाचुका केन्द्रीय उपाध्यक्ष प्रेम एक्तेन

स्तम्भ निर्माण समितिका सचिवसमेत रहनुभएका आङ्बुहाङका अनुसार च्याब्रुङ स्तम्भमा कियाचु जापान शाखाले पठाएको २७ लाख रुपियाँ बढी आर्थिक लगानी भएको छ । तीन हजार ७९४ मिटरको उचाइ रहेको पाथीभरा परिसरमा निर्माण गरिएको च्याब्रुङको प्रतिमा स्तम्भले लिम्बू समुदायको साँँस्कृतिक पहिचानको जगेर्ना गर्नमा सहयोग पुग्ने अपेक्षा राखिएको किराँत याक्थुङ चुम्लुङले जनाएको छ ।

च्याब्रुङ केःलाङ प्रस्तुत गर्दै कलाकारहरु ।

पाथीभराको दर्शन गर्न देश विदेशबाट आउने भक्तजनले स्तम्भको अवलोकन गर्ने र च्याब्रुङबारे प्रचारप्रसारमा टेवा पुग्नसक्ने किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङकी सचिव इन्दिरा मेन्याङ्बोले बताउनुभयो । भर्खरै निर्माण सम्पन्न गरिएको सो च्याब्रुङ स्तम्भको किराँत याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष प्रेम एक्तेनले अनावरण गर्नुभएको छ । एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल पाथीभरामा च्याब्रुङ स्तम्भ निर्माणले लिम्बूको संस्कृति संरक्षण साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने एक्तेनले बताउनुभयो । यता पाथीभरा परिसरमा निर्माण भएको च्याब्रुङ स्तम्भको देवीको दर्शनमा आउने भक्तजनले अवलोकन गर्ने गरेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts