| | |

ताप्लेजुङमा दशैँ लगत्तै विद्यालय खुल्ने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २० ।
ताप्लेजुङमा दशैँ चाड सकिएलगत्तै विद्यालयहरु सञ्चालन (खुल्ने) हुने भएका छन् । विगतका वर्षमा तिहारपछि मात्र विद्यालय सञ्चालन हुने गरेकामा यस वर्ष दशैँपछि लगत्तै खुल्ने भएका हुन् ।
कोरोना महामारीका कारण लामो समय बन्द भएर खुलेका विद्यालयहरु दशैँको कोजाग्रत पूर्णिमाको पछिल्लो दिनदेखि विद्यालय खुल्ने भएका हुन् । कोभिड-१९ ले पठनपाठनमा पारेको प्रभाव र विद्यार्थीको भविश्यलाई दृष्टिगत गरी दशैँ तिहार बीचमा पनि विद्यालय सञ्चालन गर्ने निणर्य गरिएको स्थानीय तहहरुले जनाएका छन् ।
जिल्लाको सिदिङ्वा गाउँपालिकाले कोभिडका कारण केही समय अघिदेखि मात्र सञ्चालनमा आएका विद्यालयको पठनपाठनलाई निरन्तरता दिनका लागि दशैँ लगत्तै विद्यालय खुलाउने निणर्य भएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले गाउँपालिकाको निणर्णअनुसार कोजाग्रत पूर्णिमाको पछिल्लो दिनबाट पठनपाठन सञ्चालन गर्नेगरी दशैँको विदा दिन सम्बन्धित विद्यालयलाई जानकारी गराएको बताउनुभयो ।
यस्तै सिरिजङ्घा गाउँपालिकाले पनि बुधबार सूचना प्रकाशित गर्दै दशैँ लगत्तै विद्यालय सञ्चालन गर्नेगरी चाडपर्वको विदा गर्नुपर्ने उल्लेख गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जारी गर्नुभएको सूचनामा विगतमा सामान्य अवस्था हुँदा तिहार पछि मात्र विद्यालय सञ्चालन गर्नेगरी चाडपर्व विदा दिने गरेकामा यो वर्षमा कोभिडले पठनपाठनमा प्रभाव परेका कारण दशैँ लगत्तै विद्यालय खुलाउनेगरी विदाको व्यवस्था गर्न भनिएको छ । यसरी नै अन्य स्थानीय तहरुहले पनि तिहार अघि नै विद्यालय सञ्चालन गर्नेगरी दर्शैँको विदा दिन लागिएको जनाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts