| |

विप्लव नेतृत्वको नेकपाद्वारा प्रशासन कार्यालयमा धर्ना

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १८ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा धर्ना दिएको छ । नेकपाका जिल्ला सचिव असल पन्दाक नेतृत्वको टोलीले सोमबार प्रशासन कार्यालयमा धर्ना दिएको हो ।
आफ्नो पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा दबाब दिने उद्देश्यले प्रशासनमा सोमबार दिउँसो आधा घण्टा धर्ना दिएको जिल्ला सचिव पन्दाकले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा धर्नासँगै वैज्ञानिक समाजवादका विषेशता नामक अवधारण पुस्तिका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाई हस्तान्तरण गरेको पनि उहाँले बताउनुभयो ।

Similar Posts